दशैँमा ‘रातो टिका निधारमा’ र ‘छ माया छपक्कै’

निदेशक तथा निर्माता अशोक शर्मा निदेशित फिल्म ‘रातो टिका निधारमा’दशैँमा प्रर्द्शन हुने भएको छ । आईतबार राजधानी स्ठित एक कार्यक्र्मको आयोजना गर्दै फिल्म निर्माण घोषणासंगै प्रर्द्शन समय पनि लगभग तय गरेको छ । यो फिल्म आगामी दशैँमा दिपक राज गिरीको फिल्म ‘छ माया छपक्कै’ सँग आउने भएको छ ।

यस अघी पनि निर्देशक शर्माले उनको अघिल्लो फिल्मलाई दिपक-दिपाको फिल्म ‘छक्का पन्जा ३’ सँग जुधाउने भएका थिए । तर दिपकले उनलाई १० लाख दीईएर फिल्मलाई एक हप्ता पर सारेको खबर पनि बाहिरिएको थियो । अब फेरी निदेशक शर्माले दशैमा उनको फिल्म ल्याउने र सो सम्बन्धी दिपकसँग सल्लाह गर्ने बताएका छन ।

निर्माता तथा निर्देशक अशोक फिल्म निर्माण तथा निर्देशनमा अब्बल साबित हुँदै गएका छन । फिल्म प्रतिको उनको लगावका कारण उनले आफ्नो छोरा-छोरीलाई पनि फिल्मनै पढाएका छन । यतिमात्र नभएर उनले आफ्नो छोरा अंकित शर्मालाई यही फिल्मबाट डेब्यु गराउदै छन । फिल्म यही जेठको १० गतेबाट फ्लोरमा जानेछ ।

निर्देशक अशोक शर्माको निर्देशनमा बन्ने लागेको उक्त फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहेकी छिन भने उनको अपोजिटमा निर्देशक शर्माका छोरा अंकित शर्मा रहेका छन । फिल्ममा साम्राज्ञी र अंकितका अलावा अभिनेत्री निता ढुंगाना र रबिन्द्र झाक पनि रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.