साम्राज्ञीलाई गाउँले भूमिकाले पारेको असर

सुत्र इन्टरटेन्मेन्ट – जय भोले फिल्ममा निर्देशक अशोक शर्माले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नै अफर गरेका थिए । साम्राज्ञीले त्यो बेलामा फिल्म ‘इन्टु मिन्टु लण्डनमा’का लागि तयारी गरिरहेकी थिइन् । साम्राज्ञीले त्यो फिल्मका लागि समय नदिएकाले पनि जय भोलेका निर्माताले उनलाई लिन सकेनन् । सिनेमामा स्वस्तिमा खड्का अनुवन्धित भइन् । फिल्मले राम्रो कमायो पनि ।

त्यो बेलामा अभिनेत्री साम्राज्ञीले गाउँले भूमिकामा काम गर्न नमानेको खबर आयो । यो खबरले उनलाई निकै नै ठूलो घाटा लाग्यो । किनकी, उनले गाउँले भूमिका गर्न नमानेको खबर सार्वजनिक भएपछि यसले उनको करिअरमा समेत घाटा लागेको थियो । पछि फिल्मका निर्माताले साम्राज्ञीले यसो नभनेको तर्क दिएका थिए । साम्राज्ञीले पनि कहिले पनि आफूले गाउँले भूमिका गर्न नमानेको कुरालाई झुट भनिन् ।

तर, यो कुराले साम्राज्ञीको करिअरमा ठूलो घाटा लागेको छ । साम्राज्ञीले सधै एउटै भूमिकामा काम गरेको खबर आइरहेको थियो । साम्राज्ञी पनि लभ स्टोरी फिल्ममा लभ गर्ल बन्दा दिक्क भैसकेकी थिइन् । तर, यसपटक उनले रातो टिका निधारमा फिल्ममा काम गर्न लागेकी छिन् ।

रातो टिका निधारमा फिल्म उनका लागि विशेष हुनुको कारण भनेको उनी गाउँले भूमिकामा नै काम गर्दैछिन् । यो फिल्म महिला केन्द्रित भएकाले पनि आफूले काम गर्न लागेको साम्राज्ञी बताउँछिन् । साम्राज्ञीका अनुसार, यो फिल्मले महिलालाई नै केन्द्रमा राखेको छ । महिला केन्द्रित फिल्म नेपालमा कम बन्छन् । यही भएर फिल्मको कथा नै परिवर्तन गर्दा पनि साम्राज्ञी काम गर्न राजी भइन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई गाउँले भूमिकामा काम गर्न मन नलाग्ने सन्देश बजारमा गएको छ । यसले उनलाई ठूलो घाटा लागिरहेको छ । रातो टिका निधारमा गर्दा उनी उत्साहित छिन् । साथमा, गाउँले भूमिकमा गरेर उनले बजारमा लागेको निराधार आरोपबाट मुक्त हुने बाटो खोजेकी छिन् ।

नेपाली फिल्मकी चर्चित अभिनेत्रीलाई लिन मेकर हानथाप गरिरहेकी छिन् । साम्राज्ञी भने नयाँ अभिनेता अंकित शर्मालाई पनि स्टार बनाउने धुनमा लागेकी छिन् । गाउँले भूमिका अहिलेसम्म नगरेकी उनी के यसमा सफल होलिन्, उनलाई लागेको आरोपबाट उनी मुक्त होलिन् ? रातो टिका निधारमा जस्तो चल्छ, त्यस्तै कुरा यसले बताउनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.