अशोकको चेतावनी

सुत्र इन्टरटेन्मेन्ट – निर्देशक तथा निर्माता अशोक शर्माले यसपटक रातो टिका निधारमा फिल्ममा छोरा अंकित शर्मालाई डेब्यू गराउँदै छन् । यो फिल्म उनका लागि विशेष हुन्छ । किनभने, छोराको डेब्यू भएकाले उनी छोरालाई जसरी पनि फिल्ममा हिट बनाउने दाउमा छन् ।

तर, उनका लागि दिपकराज गिरी र उनको टिमले बनाएको फिल्म छ माया छपक्कै अवरोध हुन सक्छ । गतबर्ष त राजनीतिक खिचातानीमा यी दुई फिल्म परेका थिए । यसपटक पनि यस्तै भयो भने । निर्देशक अशोक शर्मा छोराका लागि संझौता गर्ने मुडमा छैनन् । यसैले उनले छ माया छपक्कैको निर्माण टिमलाई काइते राजनीति नगर्न चेतावनी दिएका छन् ।

अर्को फिल्मको टिमले काइते राजनीति गर्यो भने आफूले पनि गर्ने, वार्तामा बसेर निर्णय गर्ने कुरा गर्यो भने त्यो पनि गर्ने उनको दाउ छ । यसपटक उनी पहिलेको जस्तो सोझो औलाले घ्यू निकाल्ने धुनमा छैनन् । किनकी, यसपटक छोराको सवाल छ ।

छोराको डेब्यू भएकाले पनि जसरी पनि सिनेमा हिट हुनपर्छ भन्ने उनको धुन छ । यसैले, उनले काइते सोच नराख्ने चेतावनी दिए । काइते शब्द उनले यसै प्रयोग गरेका होइनन् । दिपकराज गिरी र उनको टिमले काइते खेल खेल्छ कि के गर्छ ? अशोक त चुप बस्ने सोचमा देखिएनन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.