वितरकलाई ए मेरो हजुर ४ चाहियो, तर झरनालाई ?

ए मेरो हजुर ३ चलेपछि निर्देशक झरना थापालाई भागवत गीता बनाउन मन छ । किनकी, यो सिनेमा खेल्नका लागि अभिनेता अनमोल केसी राजी हुन सक्छन् । ए मेरो हजुर ३ ले कमाएको रकमले पनि झरना अनमोललाई फिल्ममा लिन चाहन्छिन् ।

तर, झरनाको सोच र वितरकको सोच अर्कै छ । ए मेरो हजुर ३ सुपरहिट भएपछि वितरकले ए मेरो हजुर ४ बनाउन झरनालाई सुझाव दिएका छन् । ए मेरो हजुर ४ मा झरना छोरी सुहाना थापा र अभिनेता अनमोल केसीलाई नै राख्ने मुडमा छैनन् । ए मेरो हजुर ४ मा त अनमोलको पनि रुची छैन ।

झरना अनमोल केसीलाई छाड्न चाहन्नन् । किनकी, झरना थापालाई अनमोल राख्दा फिल्म सुरक्षित हुन्छ भन्ने छ । अनमोल केसीप्रति झरनाको आशा धेरै छ । उनी, भागवत गीता खेल्न अनमोल राजी भए यो फिल्म नै बनाउन चाहन्छिन् । छोरी सुहाना थापालाई अमेरिकामा छाडेर उनी करिब २ महिनापछि आउनेछिन् । अनमोलले राजी भए भागवत गीता, नत्र ए मेरो हजुर ४ । झरना र वितरकको सोच नै फरक छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.