दर्शक आए, आउँछन्

सुत्र इन्टरटेन्मेन्ट – महिनाको अन्तरमा रिलिज भएका थिए, ३ वटा फिल्म ए मेरो हजुर ३, दाल भात तरकारी र जात्रै जात्रा । एक महिनाको अन्तरमा रिलिज भएका ३ फिल्मको व्यापार नै किन आक्रामक भयो ? ए मेरो हजुर चैत्र २( गते रिलिज भएको थियो, दाल भात तरकारी वैशाख २) गते रिलिज भएको थियो । जात्रै जात्रा जेठ ३ गते रिलिज भैरहेको छ ।

यी तिनै फिल्म हेर्न दर्शक ओइरिएको कुरा नकार्न मिल्दैन । ए मेरो हजुरले ८ करोड भन्दा बढी ग्रस कलेक्शन गर्यो । यसपछि, दाल भात तरकारीको वर्ड अफ माउथ कमजोर भए पनि यसले ५ करोड भन्दा बढी ग्रस कलेक्शन गर्यो । फिल्मको कमाई आक्रामक थियो । जात्रै जात्राको व्यापार पनि ४ करोड भन्दा बढी भैसकेको छ । यही अनपातमा गयो भने फिल्मको ग्रस कलेक्शन ६ करोड भन्दा धेरै हुनेछ ।

यी तिनै फिल्म चलेपछि, दर्शक आएको पुश्टि हन्छ । एक महिना हलिउड फिल्म एभेन्जर्स सहित ४ वटा फिल्म नेपालको बजारमा आक्रामक चल्न’ सामान्य कुरा होइन होला । तर, नेपाली फिल्म बनाउने अझै फिल्म चल्दैन, चल्दैन भनेर रटान लिन्छन् । जात्रै जात्रा फिल्मको कमाई दोश्रो हप्तामा पहिलो हप्ताको भन्दा धेरै छ ।

दर्शकले वर्ड अफ माउथ राम्रो भनेपछि दर्शकले फिल्म हेर्न आएका छन् । फिल्म राम्रो बन्यो भने फिल्म हेर्न दर्शक एक महिनामा नै यति धेरै खर्च गर्न तयार हुन्छन भनेर त देखिएको छ । गएको बर्षमा नेपालमा थोरै फिल्म चलेका थिए । अब, नेपाली फिल्म नै चल्न छाडेका छन् भनेर डंका पिटाइएको थियो । फिल्म गतिलो नबनाएपछि दर्शक आउँदैनन् । दर्शकको टेष्ट जसले बुझछ उसले नै पैसा छाप्छ ।

नेपालमा दर्शक छैनन् भनेर आफ्नै कमजोरी लुकाउने क्रम धेरै छ । फिल्म नचलेपछि विभिन्न खालका बहानाबाजी, प्रचारबाजी हुन्छ । आरोप प्रत्यारोप पनि हुन्छ तर, सबै कुरालाई चिर्दै नेपाली फिल्मका दर्शकले राम्रो फिल्म मन पराइदिएका छन् ।

अब, पनि फेरि यस्तै हल्ला फिजिन्छ । नेपाली फिल्म चल्दैनन् भनेर । किनकी, दर्शकसम्म फिल्म बनाउनेले आफ्नो प्रोडक्टलाई पुर्याउन सक्नु पर्‍यो । फिल्मको बारेमा दर्शक पूर्ण विश्वास नभएसम्म हलमा आउँदैनन् । तर, फिल्म चलेनन् भनेर कराउन थाल्छन् फिल्म बनाउने ।

फिल्म दर्शकले मन पराएपछि चलेका पनि छन्। मात्र, यहाँ ठुलो सोच लिएर झुटो फिल्म बनाउने कराई मात्र ठुलो हो । राम्रो फिल्म चल्छ, चलेका छन् । एक महिनामै ३ वटा पनि चलेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.