‘गंगनम स्टाइल’लाई पछी पार्यो यो गीतले हेर्नुस् (भिडियो)

 

३० असार २०७४,काठमान्डौ । विश्व सांगितिक बजारमा आजभोलि एउटा गीतले तहल्का मच्चाएको छ । जसले यूटुबमा सर्वाधिक हेरिएको ‘गंगनम स्टाइल’ लाई समेत पछी पारेको छ ।
गीत ‘सी यु अगेन’ लाई अहिलेसम्म २ अरब ९० करोडभन्दा बढी पटक हेरिएको छ । यो गीत गायक विज खलिफा र चार्ली पथको हो ।
‘फास्ट एन्ड फ्युरिअस ७’ का लागि लेखिएको ‘सी यु अगेन’ गीत सन् २०१५ मा रिलिज भएको थियो । यो गीतले युट्युबमा मात्र नभएर बिलबोर्ड हट १०० मा पनि शीर्षस्थानमा पुगेको छ ।
चार्ली पथले सन् २००७ मा युट्युब जोइन गरिएको बताउँदै बढीमा १० हजार दर्शक हेर्ने अपेक्षा गरेको बताए तर उनको गीतले त सबै रेकर्ड तोडिदियो । यस अघि शीर्षस्थानमा रहेको गीत ‘गंगनम स्टाइल’ दोस्रो स्थानमा आएको छ । यो गीत सन् २०१२ मा रिलिज भएको थियो । यसलाई अहिलेसम्म २ अरब ८९ करोड बढी पटक हेरिएको छ । त्यस्तै जस्टिन बिबरको गीत ‘सरी’ २ अरब ६४ करोड भ्यूका साथ तेस्रो स्थानमा रहेको छ ।
हेर्नुस् भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video