नेपाल आइडलबाट सबैलाई भावुक बनाउदै बाहिरिइन् मेनुका

 

३१ असार २०७४,काठमाण्डौ । सांगितिक क्षेत्रमा अहिलेसम्मकै ठुलो मानिएको रियालीटी सो नेपाल आइडलबाट एक सशक्त प्रतिभा मेनुका पौडेल बाहिरिएकी छिन् । शुक्रबार भएको शीर्ष ११ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको भन्दै झापा बिर्तामोडकी उनी बाहिरिएकी हुन् ।

प्रतियोगितामा नीसँगै केञ्जन मेहर श्रेष्ठ, निशान भट्टराईसन्ध्या जोशी डेन्जर जोनमा परेका थिए र सबैभन्दा कम भोट पाएको आधारमा उनी बाहिरिन पुगेकी हुन् ।

दृष्टिविहिन मेनुका प्रतियोगिताबाट बाहिरिँदा प्रतिस्पर्धी र जजहरु भावुक देखिएका थिए । उनी बाहिरिएसँगै प्रतियोगिताबारे समाजिक सञ्जालमा सही प्रतिभा छनोट हुन नसकेको भनि टिप्पणीका साथै असन्तुष्टी जनाइएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video