‘जग्गा जासूस’को देखियो फ्लप हुने लक्षण

 

२ साउन २०७४,काठमान्डौ । गत शुक्रवार रिलिज भएको रणवीर कपूरकट्रिना कैफको फिल्म जग्गा जासूसले मिश्रित समीक्षा पाएको थियो । फिल्म अलि नयाँ खालको भएको र रणवीर कपूरको अभिनय गजबको रहेको बताइएको थियो ।

तर बक्स अफिसमा फिल्मले खासै चमत्कार गर्न सकेन । तीन दिनमा फिल्मले जम्मा ३४ करोड भारुको कलेक्सन गरेको छ र फिल्मको बजेट अनुसार यो राम्रो संकेत होइन ।
फिल्ममा ६० करोड भारु खर्च गरिएको थियो । अझ रणवीर कपूर त फिल्मका एक निर्माता भएकाले मात्र, नभए त फिल्मको लागत ८० करोड पुग्थ्यो ।
आइतवार फिल्मले जम्मा १४ करोड भारु कमायो । आज सोमवारदेखि त वीकडे शुरु भइहाल्यो । अब फिल्मले कमाउने लक्षण देखिँदैन ।
पहिलो सप्ताहान्तमा ८० करोड कमाएको भए फिल्म हिट हुन्थ्यो । तर यसले त समग्र कलेक्सन नै जम्मा ८० करोड गर्ने छाँट देखाएको ट्रेड एनालिस्टहरू बताउँछन् ।
फिल्म बन्न चार वर्ष लाग्नु, असाध्यै लामो हुनु अनि इमोसनल मोमेन्ट कम हुनु यस फिल्मका कमजोर पक्ष हुन् । फिल्मप्रति खासै क्रेज देखिएको छैन । एजेन्सी

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video