‘न त हाँस्न नै सक्छु…’ प्रेमगीत २को नयाँ गीत (भिडियो सहित)

२ साउन २०७४,काठमान्डौ । १३ साउनबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगित- २’ को नयाँ गीत ‘न त हाँस्न नै…’ रिलिज भएको छ ।

गीतमा अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी सागर संसार राईको स्वर समावेश छ । निकै आकर्षक स्थानमा छायाँकन गरिएको यो गीतले दर्शकमा चलचित्र प्रति खुलदुली जगाउन सफल छ ।

आशुसेन फिल्मसद्वारा निर्मित चलचित्र नेपालका अलवा थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ भने चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी लगाएतका कलाकारको अभीनय रहेको छ । चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।

हेर्नुस् गितको भिडियो ….

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video