जुवाको खालबाट लोकगायक बद्री पंगेनीसहित ११ पक्राउ

४ साउन २०७४,काठमान्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष लोकगायक बद्री पंगेनीसहित ११ जनालाई महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट पक्राउ गरेको छ ।
होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् ।
नीहरु जमघट भएको भाडाको कोठाबाट २ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु जुवातास खोल्न बसेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीले बरामद सामग्रीसहित मुचुल्का गरेर पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video