“ए मेरो हजुर दुई “को ट्रेलर सार्वजनिक / साम्राज्ञी देखि विल्सन बिक्रम राई ट्रेलरमा (भिडियो सहित)

प्रदर्शनको कुरा गर्ने हो भने एक दशक अघि प्रदर्शनमा आएको तत्कालिन हिट फिल्म ” ए मेरो हजुर ” मा झरना थापा र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको थियो र अहिले सोहि चलचित्र कि नायिकाले अहिलेका युवापुस्तामा क्रेज रहेका कलाकारहरु सलोन बस्नेत, साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिन मान बनिया लाई फिचर गरेर “ए मेरो हजुर दुई ” निर्माण गरेकी छिन । जसको शुक्रबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । फिल्म लाई सुनिल कुमार थापाले निर्मण गरेका हुन् ।


एक दशक अघि शोही सिनेमा बाट नेपाली रजटपटमा नायिकाको रुपमा पाईला टेकिकी नायिका झरना थापा अहिले सोहि नामको चलचित्रबाट चलचित्र निर्देशनमा अघि बढेकि छिन ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नायिका तथा निर्मात्री अनि निर्देशक झरना थापाले राम्रो फिल्म बनाएको बताईएकि छिन । कार्यक्रममा चलचित्रका लागी मुख्य कलाकारहरुको उपस्थिति रहेको थियो यद्दपी चलचित्रको मुख्य कलाकार सम्राज्ञी राज्यलक्ष्मी शाह भने प्रेसमिटमा निकै ढिला उपस्थित भएकी थिईन ।
फिल्मंका स्क्रिप्ट राइटर सामिप्यराज तिमिल्सिनाले कार्यक्रममा फिल्म बारे बोल्दै “”ए मेरो हजुर’को कथा जहाँबाट टुंगिएको थियो । त्यहिँबाट यो सिनेमाको कथा सुरु भएको छ भनि बताए । जहाँ दर्शकले अघिल्लो सिनेमालाई पनि सम्झन सक्नेछन् ।’
सार्वजनिक ट्रेलरले फ्रेन्डसिप, र प्रेमका कुरा बोलेको देख्न सकिन्छ । ट्रेलर डिजाईनर साहिल खानले ट्रेलर तयार गरेका हुन् । फिल्ममा संजय लामाको सिनेमाटोग्राफी रहेको छ ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यस फिल्ममा कलाकार सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको प्रमुख अभिनय रहेको छ ।

ट्रेलर

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video