यी हुन जीवनको एउटा घटनाले सधै सताउने बलिउडका सफल कलाकारहरु

एजेन्सी– बलिउड आफैमा विश्वभर स्थापित सिने रंगमञ्च हो । बलिउडमा अभिनय गर्ने कलाकारहरु आफ्नो प्रतिभाका कारण विश्वभर स्थापित पनि छन् तर उनीहरुको शैक्षिक योग्यताका बारेमा भने बेला–बेलामा विवाद उठ्ने गरेको छ । बलिउडकै केही कलाकारहरु प्राज्ञिक क्षेत्रमा समेत स्थापित छन् भने केही कलाकारहरु स्नातक समेत पास नगरेका रिपोर्टहरु बाहिर आइरहेका छन् ।
यो पटक हामीले बलिउडमा स्थापित भएर संसारभर चिनिएका तर शैक्षिक योग्यता भने स्नातक (बिए)पास पनि नगरेका कलाकारहरुका बारेमा रिपोर्ट प्रस्तुत गरेका छौ । बलिउडमा स्नातक पास नगर्ने विश्वभर स्थापित नायक–नायिकामा ऐश्वर्या राय बच्चन, सलमान खान लगायत समेत रहेको खुलासा भएको छ । तीबाहेक अन्य कलाकाहरुले पनि स्नातक गरेका छैनन् ।
ऐश्वर्या राय बच्चनः


ऐश्वर्या राय बच्चन बलिउडमा स्थापित नायिकाका अलवा विश्वसुन्दरी समेत भैसकेकी एक संसारभर परिचित नायिका हुन् । उनले सन् १९९४ मा विश्व सुन्दरीको ताज पहिरिएपछि आफ्नो अध्ययनलाई अघि बढाउन सकिनन् । बलिउडमा स्थापित भैसकेकी उनलाई विश्व सुन्दरी भएपछि संसारभरबाट अवसरहरु प्राप्त भए तर उनले पढाईमा स्नातक गर्न सकिनन् । उनको सपना भने आर्किटेक्ट इन्जिनियर बन्ने थियो ।
सलमान खानः


सलमान खान पनि बलिउड स्थापित र संसारभर स्थापित कलाकार हुन् । बजरंगी भाइजनमार्फत थप स्थापित र चर्चित भएका उनले पनि पढाईलाई बलिउड यात्रामा सफलता मिल्दै गएपछि बीचमै छाडिदिएका थिए । जसको परिणाम उनले स्नातक समेत गर्न भ्याएनन् ।
दीपिका पादुकोणः


दीपिका पादुकोण पनि शैक्षिक योग्यतामा स्नातक नगर्ने बलिउड अभिनेत्रीहरुमध्ये एक हुन् । मोडलिङ क्षेत्रमार्फत सिने जगतमा प्रवेश गरेकी पादुकोणले अभिनय र मोडलिङ क्षेत्रमा व्यस्त हुनुपरेपछि आफ्नो पढाई अधुरै रहनुपरेको दुखेसो पोख्ने गरेकी छन् ।
करिनाः


अभिनेत्री करिनाले पनि स्नातक गरेकी छैनन् । कलेज पढ्ने समयमा वकिल बन्ने सपना बोकेकी उनले मुम्बइको एक कलेजमा भर्ना गरेकी थिइन् । त्यहीबेला एक महत्वपूर्ण चलचित्रमा खेल्ने अवसर आएपछि उनी सोही काममा व्यस्त भइन र पछि सिने क्षेत्रमा स्थापित पनि बन्दै गइन् तर अध्ययन भने उनको त्यही बेलादेखि अधुरो रह्यो ।
सोनम कपुर:


बलिउड क्षेत्रमा अर्को स्थापित अभिनेत्रीको नाम हो सोनम कपुर । सोनमले पछिल्लो समय दिएको एक अन्तवार्तामा आफुले ग्रेजुएसन गर्न नसकेको खुलासा गरेकी छन् । उनले १२ कक्षासम्मको अध्ययन भने पूरा गरेकी छन् ।
अक्षय कुमार:


अक्षयकुमार बलिउड क्षेत्रमार्फत विश्वभर परिचित अभिनेता हुन् । मिस्टर खेलाडी नामक प्रसिद्ध चलचित्रमार्फत आफ्नो पहिचान बनाउन सफल उनले अध्ययनमा भने स्नातक गर्न सकेनन् । मार्सल आर्ट सिक्ने सोखमा कुदेका उनले त्यहीबेला आफ्नो कलेज जीवनलाई समेत बाई बाई गरेका थिए ।
करिश्मा कपुरः


बलिउडमा प्रेम कैदी नामक चर्चित चलचित्रमा अभिनय गरी प्रवेश गरेकी करिश्मा त्यसबेला १६ वर्षकी मात्र थिइन् । बलिउडकी सफल अभिनेत्रीको पहिचान बनाएकी उनले चलचित्रमा व्यस्तता बढेसँगै कलिलै उमेर अध्ययन छाडेकी थिइन् । परिणामस्वरुप उनले पनि स्नातक गर्न सकिनन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video