स्यारोन पछी सुनिल रावल लाई प्रकृतिको आरोप / यस्तो लेखिन आफ्नो फेसबुकमा वालमा

सफल ब्यानरका सफल निर्माता सुनिल रावल अहिले अलिकति बढी तनाबमा नै छन् । अहिले एक पछी अर्को कलाकारले उनको इज्जतको धजिया उडाउदै आएका छन् । केहि दिन अघि नव कलाकार स्यारोन श्रेष्ठले निर्माता रावल लाई गम्भीर आरोप लागेकी थिइन् भने अहिले पुन अर्को कलाकार प्रकृति श्रेष्ठले सामाजिक संजाल फेसबुकमा स्टाटस हाल्दै निर्माता रावल लाई केहि नमिठो कुरा पोखेकी छिन । यस बारे निर्माता रावल संग हामीले कुरा बुझ्न खोज्दा एक पछी अर्को गर्दै मेरो बदनामी कसैले गर्न खोज्दैछ यो कसैको चाल हो भनि भनेका छन् । बितेका कुरा लिएर अहिले मेरो नाम बिगार्ने ठुलै खेल याँहा भएको उनले बताए । होस्टलमा अभिनय गरेकी कलाकार प्रकृति श्रेष्ठको स्टाटसले मेरो इज्जत जानु भन्दा नि बिना प्रमाण गाली गर्ने मान्छे लाई म अरु के नै भन्न सक्छु र ” निर्मता सुनिल रावल । नेपाली सिनेमा छोडेर विदेश गएको कलाकारले बिदेशमा बसेर म जस्तो रेगुलर बिग बजेटको सीनेमा बनाउने निर्माता लाई मन गढ़ंत कथा बनाएर बेज्जत गरउनु भएको भबिस्यमा नेपाली सिनेमामा लगानी गर्न आउने निर्माता लाई नै नो इन्ट्री को साईन देखाउनु बराबर हो ” निर्माता रावल ।

नेपाली सिनेमा नगरी खासै ठुलो पनि छैन तर याहाँ नै किन अनेकौ स्क्यान्डल हुने गर्दछ , एक पछी अर्को कलाकारले र एक पछी अर्को निर्देशकले एक अर्काको पोल खोल्दै आखिर नेपाली सिनेमा नगरीको नाम बिगार्दै छ । सामाजिक स्नाजलामा कुनै पनि फिल्मको ट्रेलर आयो र त्यसले दर्शकको नराम्रो कमेन्ट पायो भने कमेन्ट गर्न मान्छे खटाएको छ भन्दै हिंड्ने अनि राम्रो कमेन्ट पायो भने पैसा तिरेर लियो भन्ने जमात नि नेपाली सिनेमा नगरीमा प्रसस्त छ । बल्ल बल्ल ब्यबसायिक सफलता तिर अघि सर्दै गरेको र अन्तराष्ट्रीय बजारमा पनि राम्रो छाप छोड्दै अघाडी बढेको नेपाली सिनेमा बजारलाई यस्ता कुराहरुले भबिश्यमा निकै गाह्रो नपर्ला भन्न सकिन्न । यस बारे कसले बुझ्ने ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video