छक्का पन्जा-२ लाई गीत चोरिको आरोप, मुद्दा हाल्ने तयारीमा सर्जकका परिवार

आसोज ११ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा-२ माथि गीत चोरीको आरोप लागेको छ। केही दिन अगाडि मात्रै रिलिज गरिएको उक्त गीत करीब ५० बर्ष अगाडि कान्छा मगर नेपालीले सिर्जना गरेका थीए। नसमाउ नाडिमा बोलको गीत एकाएक चलचित्र छक्का पन्जा-२ मा टाइटल गीतका रुपमा बजारमा आए पछी वास्तविक सर्जक कान्छा मगर नेपालीका नाती श्याम नेपालीले त्यसको बिरोध गरेका छन। श्याम नेपालीका छोरा प्रिन्स नेपालीले उक्त गीत एरेन्जका लागि अल्मोडा राना उप्रेतीलाई दिएका थिए। एरेन्ज सकेपछी अल्मोडाले आफु पनि यो गीत गाँउन इन्ट्रेस्टेड भएको भने पछी प्रिन्स कन्भिन्स भएका थिए। केही समय पछी अल्मोडाले प्रिन्सलाई फोन गरेर उक्त गीत चलचित्र छक्का पन्जा-२ लाई दिने कुरा गरे र त्यस गीतको शब्दमा केही चेन्ज गर्ने अनी आफुहरु दुबै जनाले गाउँने भनेर प्रस्ताब राखे यो कुरामा प्रिन्स राजी भए। तर प्रिन्स त्यती बेला छक्क परे जुन बेला केही खबर नगरी एकाएक उक्त गीत रिलिज भयो। न शब्द परिवर्तन गर्दा अल्मोडाले उनिसँग सल्लाह गरे। पहिले कुराकानी हुँदा उनिहरु बिचमा भएको समजदारी अनुसार केही पनि भएन न उनको नाम त्यस गीतको टाइटलमा नै राखियो। भयो त केवल एकाएक गीत रिलिज।


गीत रेलिज हुँदा पहिले डिटेल्समा समेत कान्छा मगर नेपालीको नाम थिएन पछी राखियो। गीत रचनामा दिपक राज गिरी र प्रिन्सको नाम राखिएको छ, के यो अनुमती लिएरै गरिएको हो? भिडियोको क्रेडिट टाइटलमा संगीतकारको नाम नै छैन। यो हेर्दा लाग्छ यो सुनियोजित थीयो। यो बिषयमा हामीले चलचित्र छक्का पन्जा-२ का निर्माता तथा कलाकार दीपक राज गिरी सँग बुझ्न खोज्दा उनले “अब रोयल्टी माग्ने बास्तबिक सर्जक को नाम राख्ने अलमोडालाई कारबाहि गर्ने सम्म गए भने त्यो न्यायोचित हो तर आफै जाने गीत दिने फिल्मको लागि हुन्छ भन्ने अनि गाउन दिएन भनेर लाखौ ख़र्च भैसकेको निर्मातालाई ढाडमा हान्ने कुरा त राम्रो भएन” भनेर पन्छिने कोशिश गरेका छन। अल्मोडाले आफुहरुलाई जानकारी नदिएको निर्माता दीपक राज गिरी को भनाई छ। अल्मोडा भने यतिबेला सम्पर्क बिहिन छन। श्रस्टाको सिर्जनालाई अनुमती बिना आफ्नो सिर्जना भनी युटुबमा रिलिज गर्नु चाँही के न्यायोचित होला? अर्काको सम्पत्तिलाई मेरो भनी हिट हुन खोज्नु कतिको जायज हो ? अलिकती शब्द र बिट चेन्ज गर्दैमा आफ्नो भन्न पाइने कि नपाईने? करोडौ खर्च गरेर फिल्म बनाउनेले यती त पक्कै पनि बिचार गर्नु पर्ने कुरा हो कि अरुको श्रीजनालाई परिमार्जन गर्दा अनुमती लिनु पर्छ। कान्छा मगर नेपालीका नाती श्याम नेपालीले उक्त गीत गाएर युट्युब मार्फत सार्वजनिक गरेका छन। उनले सोही भिडियोमा उक्त गीत कहाँ र कसरी रेकर्ड गरिएको थीयो र त्यसको वास्तविकता के हो भन्ने खुलाएका छन। हामी सँगको कुराकानीमा यो गीत रिलिजलाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन। मेरो गम्भिर आपत्ति छ भन्दै उनले यो केस यतिकै नछोड्ने र न्यायको लागि अदालत जान पनि पछी नहट्ने उनको भनाई छ। उनले थपे गीत को शब्द जुन हिसाबले परिवर्तन गरिएको छ त्यो त झन कान्छा मगर नेपाली प्रतिको अपमान हो। अब यो केस कहाँ सम्म पुग्छ त्यो हेर्न बाँकी छ।

को हुन् कान्छामगर नेपाली ?

ख्यातिप्राप्त लोकगायक रामशरण नेपालीका पिता, विश्वका प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा र किरण नेपालीहरूका गुरु र मार्गदर्शक पनि हुन् कान्छामगर नेपाली । उहाँको जन्म वि.सं १९७७ मा र मृत्यु २0६३ साल आर्थात् ८६ वर्षमा भएको थियो ।

भिडियो हेर्नुहोस्


भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video