यिनलाई पनि छोयो तिजको गीतले / आउ नाचौं साथी हो’ भन्दै मोडल नरेश भण्डारी

नेपाली नारीहरुको महानपर्व हरितालिका तिज आउन अझैमहिना दिन (भदौ ८) बाँकी छ । तर नेपाली कलाकारहरुलाई भने तिजको रौनकले छोईसकेको छ ।तीजका दर्जनौं गीतहरु बजारमा आईरहँदा यतिखेर गायीका केशु गुरुङ र मोडल नरेश भण्डारी नयाँ गीत बजारमा ल्याउने तयारीमा जुटेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकासर्वप्रिय गायक जीवन परियार र केशु गुरुङको स्वरमा सजिएको तीजको कोशेली ‘आउ नाचौँ साथी हो’ को यसैहप्ता मात्र छायांकन सकिएको छ । गीतमा गायीका केशु गुरुङकै लय शब्द रहेको छ ।
निर्देशक सुजन लामाले निर्देशन गरेको उक्त गीतमा नव नायक नरेश भण्डारी र नवनायीका सन्ध्या परियारकोजोडदार नृत्य देख्न सकिन्छ । विभिन्न म्युजिक भिडियोहरुमा ब्यस्त मोडल नरेश भण्डारी र सन्ध्या परियारलाई छिट्टै नेपाली कथानक चलचित्र ‘यानी मायाँ’मा नायक नायीकाको रुपमा पनि देख्न पाईनेछ ।चलचित्र ‘यानी मायाँ’का लागि ओर्कसपहरु भईरहेको बताउँदै फिल्मको छायांकन आउँदो साताबाट सुरु गर्ने नायक भण्डारीले बताए । आफुलाई कला र अभिनयको क्षेत्र निकै चाख लाग्ने बताउँदै उनले आउँदा दिनहरुमा फिल्म र अभिनय क्षेत्रमा नै समर्पित रहने जानकारी दिए । त्यतीमात्र नभई मोडल नरेश भण्डारीले विभिन्न गीतकाशब्दहरुमा पनि कलम चलाएका छन् ।
राजधानीको मनमैजुस्थित नागर्जुन पार्टि प्यालेसमा सुटिङ गरिएको उक्त गीतको छायांकन भने विजय लामाले गरेका हुन् । उक्त तिज गीतको भिडियो यसै साता सार्वजनिक गरिने सर्जक तथा मोडल भण्डारीले बताएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video