प्रेमगीत २ : ललितपुर र भक्तपुरमा कन्सर्ट, घेरिए प्रदीप

उल्टो गणना सुरु भएको छ प्रेमगीत २ को । मोफसलपछि प्रचार राजधानी केन्द्रित छ । देशव्यापी सांगीतिक दौडाह समापनपछि पहिलोपटक सिनेमाले शुक्रबार ललितपुर र भक्तपुरमा कन्सर्ट ग¥यो ।

ललितपुर लगनखेल र भक्तपुर सूर्यविनायकमा सयौं प्रेमगीत २ सँगै झुमे । कलाकार र गायकले अबेर बेलुकासम्म सांगीतिक प्रस्तुति दिए र भीडलाई जुरुक जुरुक पारे । यस्तो दृश्य लगनखेल बसपार्कमा पनि देखियो ।

प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेनसहितका कलाकारले दर्शकलाई साउन १३ गते नजिकको हलमा फिल्म हेर्न आग्रह गरे । भक्तपुरसम्म प्रेमगीत को यो १३ औं कन्सर्ट थियो । शनिबार बौद्ध, गोंगबु र रत्नपार्कमा कन्सर्ट केन्द्रित हुने आशुसेन फिल्मसले जनाएको छ ।

अभिनेता खड्कालाई घेरेर तस्विरमा कैद गर्न चाहनेहरु धेरै भेटिए । ‘यो दर्शकीय मायाले फिल्मप्रति झनै आशावादी हुन मद्दत मिलेको छ’ खड्काले भने, ‘बल्ल हामी वास्तविक दर्शकसामु पुग्न सक्छौं भन्ने लागेको छ ।’ निर्माता एवं डेब्यु अभिनेता सेनले पनि खुशि व्यक्त गरे ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video