प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७ का लागि टिम नेपाल

बालबालिका र टिनएजर युवतीहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७’ लागि टिम नेपाल तयार भएको छ । थाइल्याण्डको चियाङमई आउँदो जुलाई २६ देखि ३१ तारिख सम्म संचालन सो प्रतियोगिता लागि अन्जशा रिजाल, अंकित तिवारी र योजना घलेले प्रतिनिधित्व गर्ने भएका छन् । अन्जशाले प्रतियोगिताको लिटिल मिस इन्टरनेसनल विधाका लागि प्रतिनिधित्व गर्दैछन् भने अंकित र योजना क्रमशः मिष्टर इन्टरनेसनल टिन प्रिन्स र मिस इन्टरनेसल टिन प्रिन्सेस् विधामा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । उनीहरु तीनै जना आउँदो मंगलबार थाइल्याण्ड प्रस्थान गर्दैछन् ।

सो प्रतियोगिताकाले लागि अन्जसा र अंकितको चयन प्रक्रिया र संयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । लिटिल मिस विधामा सहभागि हुने १२ वर्षिया अन्जशा रिजाल द एक्सेलसियर स्कूलकी छात्रा हुन् । ५ फिट दुई उँचाईकी अन्जशा राजधानी सम्पन्न लिटिल प्रिन्स एण्ड प्रिन्सेस् २०१६ प्रतिस्पर्धाकी लिटिल प्रिन्सेस् उपाधि विजेता हुन् । अभिनय, नृत्य, उपन्यास अध्ययन, फोटोग्राफीमा रुचि राख्ने अन्जशा भविष्यमा मोडल एवं अभिनेत्री हुन चाहन्छिन् । अन्जशाले लिटिल मिस प्रिन्सेस् इन्टरनेसनल प्रतियोगिताका लागि ट्यालेन्ट राउन्डका लागि स्वजन रघुवंशीबाट मौलिक नेपाली नृत्यको तयारी गरेकी छिन् । उनका लागि प्रतियोगिताको वार्डरोब पेज थ्रीले संयोजन गरेको छ ।

मिष्टर टिन प्रिन्सेस् इन्टरनेसनलका लागि नेपाली सहभागि १६ वर्षिय अंकित तिवारी पाँच फिट ६ इन्च अग्ला छन् । उनलाई मोडलिङ, नयाँ नयाँ कुरा अनुभव गर्न मनपर्छ भने उनले मोडलिङ क्षेत्रमा पनि केही अनुभव हासिल गरिसकेका छन् । फेसन कोरियोग्राफरका रुपमा पनि पाइला चालिसकेका अंकित होटल म्यानेज्मेन्टका विद्यार्थी हुन् । मिस टिन प्रिन्सेस् इन्टरनेसनलका लागि नेपाली प्रतिनिधि १९ वर्षिया योजना घलेको शारारिक उँचाई पाँच फिट तीन इन्च रहेको छ । चितवन निवासी योजना मिस टिन चितवन प्रतियोगितामा पब्लिक च्वाइस र वेष्ट स्माइलको अवार्ड विजेता हुन् । उनले मिस ग्राण्ड नेपाल २०१६ का पनि सहभागि रहिसकेकी योजनाले चितवनमा हालै सम्पन्न मिस एसईइ चितवनको कोरियोग्राफी गरेकी हुन् । तीनै जना नेपाली प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र आवश्यक ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेका छन् । उल्लेखित अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम नेपालको प्रतिनिधित्वको व्यवस्थापन ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले गरेको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video