अनमोल केसीको भारतीय मिडियामा चर्चा ,भए सबै भन्दा मंहगो कलाकार

हाल चलचित्र कृ को सुटिङ व्यस्त रहेका नायक अनमोल केसीको चर्चा भारतीय मिडियाले गरेको छ । उनलाई नेपालको सुपरस्टार भन्दै एक चर्चित अनलाईन मिडियाले लेखेको हो ।


अनमोललाई नेपालको एक मात्र यस्तो कलाकार जसको सम्पूर्ण सिनेमा हिट रहेको र सबै भन्दा मंहगो कलाकार रहेको बताइएको छ ।

चलचित्र होस्टेल बाट डेव्यु गरेका अनमोलले त्यस पछि जेरी, ड्रिम्स, गाजलुुमा काम गरिसकेका छन् । थोरै चलचित्रमा काम गरेका अनमोलको सबै चलचित्र सुपरहिट भएको थियो ।

उनी पछिल्लो समय मंहगो कलाकारको रूपमा पनि परिचित छन्। उनले चलचित्र कृु को लागी २० लाख पारिश्रमिक लिएका थिए । जुन नेपाली कलाकारले लिएको पारिश्रमिक भन्दा धेरै हो ।
अनमोल अहिले आफ्नो नयाँ चलचित्र कृ को छायाँकनमा बन्दीपुरमा छन् । सुरेन्द्र पौडेलको निर्देशनमा बनिरहेको कृ मा अनमोल नव नायिका अदिति बुढाथोकीको साथमा देखिन्दै छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video