प्रेमगीत २ को तेस्रो दिनको कलेक्सन एस्तो रह्यो (बक्सअफिस)

प्रेमगीत २ ले तेस्रो दिन ४९ लाख ग्रस आम्दानी गरेको छ । रोमान्टिक ड्रामाले द्रुत कमाइ गर्दै तीन दिनमा ३ करोड ग्रसको आँकडा पार गर्न सक्यो ।

आक्रामक ओपनिङको सकारात्मक प्रभाव विकडेजमा समेत देखिने बलियो सम्भावना छ । सोमबार पनि अकुपेन्सीमा गिरावट छैन र अनुपात समान देखिएको छ । अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म छ ।

फिल्मले तीन दिनमै लगानी रिकभर गरेको छ । निर्माताले तीन दिने कूल कमाईबाट १ करोड ८५ लाख सेयर प्राप्त गर्नेछन् । युट्युव र अन्तराष्ट्रिय राइट विक्री नेट आम्दानी ७० लाख छ ।

काठमाडौं र मोफसल टेरिटोरीजका मल्टिप्लेक्स र एकल पर्दा दुबैमा प्रेमगीत सिक्वेल आक्रामक देखिएको हो । तेस्रो दिन काठमाडौंबाट २८ लाख हुँदा मोफसलबाट २१ लाख ग्रस देखिएको छ ।

प्रेमगीत २ को आम्दानीबाट घरेलु फिल्ममा केही प्यार्टन महसुस गर्न सकिन्छ । बजार विस्तारसँगै बढेको दर्शक संख्यालाई यसले पुष्टि गर्छ । कलेक्सनमा देखिने बढोत्तरी र मल्टिप्लेक्समा देखिने चापले फिल्मको बढ्दो बजारतर्फ इंगित गर्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video