नेपालमा सौन्दर्य प्रतियोगितालाइ ब्यबस्थित बनाउनु पर्छ – मोडल विक्रान्त पौडेल

काठमाडौँ : विश्व मिडियाका अध्क्ष्य तथा मोडल विक्रान्त पौडेल अहिले नेपालमा भईरहेको सौन्दर्य प्रतियोगितालाइ ब्यस्बस्थित बनाउनको लागि तथा नेपाली सौन्दर्य प्रतियोगितालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान बनाएर बिस्व सामु लैजान लागि परेका छन l सानै उमेर देखि मोडलिङ क्षेत्रमा रुचि राख्ने मोडल विक्रान्तले अहिले विश्व मिडिया प्रालि बाट विभिन्न सौन्दर्य प्रतियोगिता समेत आयोजना गर्दै आएका छन l द रियल मोडल २०१७ र ह्यान्डसम हंक २०१७ सौन्दर्य प्रतियोगिता आयोजना गरेर चर्चामा रहेका मोडल विक्रान्त नेपाल स्टार मोडल २०१७ का फर्स्ट रनरअप तथा मिस्टर पपुलरको आवर्ड समेत जित्न सफल भएका थिए l नेपालमा गरिएका धेरै अब्यबस्थित तथा अस्वस्थ प्रतिश्प्रधा बीच भईरहेको सौन्दर्य प्रतियोगितालाइ ब्यबस्थित बनाउदै लैजान तथा प्रतियोगीहरुलाई राम्रो गुणस्तरयुक्त ट्रेनीङ, कोरियोग्राफी प्रदान गरि उनीहरुलाई भोलिको दिनमा एक सक्षम मोडल तथा नागरिक बनाएर देश बिकाशमा ठोस योगदान पुर्याउने सक्ने बनाउनुनै उनको मुल उदेश्य रहेको बताउछन l
बारा कलैयामा जन्मेका मोडल विक्रान्त काठमाडौँलाइ आफ्नो कर्मथलो बनाउदै इभेन्ट अर्गनाईज देखि मोडलिङमा ब्यस्त रहदै आएका छन l चाडैनै उनको नया म्युजिक भिडियो रिलिजको तरखरमा रहेको बताउने मोडल तथा बिस्व मिडियाका सी ई ओ बिक्रान्त अहिले नेपालमा हुने गरेको सौन्दर्य प्रतियोगितालाई ब्यबस्थित बनाउन लागि परेका छन l मोडलिङ क्षेत्रमा हुनु पर्ने आबश्यक आधारभुत ज्ञान, क्षमता तथा शारीरिक बनावट देखि बौद्धिक क्षमता सम्मको पहिचान गरि मोडलिङमा आउन चाहने युवायुवतीहरुलाई उनीहरुको दक्षता तथा क्षमता हेरी उनीहरुको प्रतिभालाई सहि स्थानमा उपयोग गर्न लागिपरेका मोडल बिक्रान्त एक सम्भाबना बोकेका उदयमान मोडल तथा एक कुशल ब्यबस्थापक पनि हुन l नेपालि मोडलिङ उधोगमा केहि गर्छु भनेर लागि परेका विश्व मिडियाका अध्क्ष्य तथा मोडल विक्रान्त पौडेल अवसर खोजि रहेका नया प्रतिभाहरुलाई पनि उचित अवसर प्रदान गर्दै लैजाने कुरा बताउछन l

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video