प्रेम गीत २ पुग्यो बाडिपीडितको घाऊमा मल्हम लगाउन…

८ भद्र, तराईको डुबानले बेहाल परिवारलाई ‘सहयोग गर्ने भन्दै’ कलाकर्मीहरु तंग्रिएका छन् । कसैले एक लाख त कसैले पचास हजार सहयोग  गरिरहेका छन् ।

तर प्रेम गीत २ का टिम भने गएको शुक्रबार हलमा उठेको पैसा र केही राहत को सामाग्री लिएर सर्लाही पुगेको छ । आज सर्लाही ज़िल्लामा स्थानीय प्रहरी प्रशासनलाई साँची राखेर नगद रू ४ लाख र रू ४ लाख बराबरको खाद्य सामग्री गरि ८ लाख रामपुर युनाईटेड युवाक्लबलाई हस्तान्तरण गरेको छ । आज एक कार्यक्रममा क्लबका अध्यक्ष भेष बहादुर पुलमीलाई प्रेम गीत २ टिमले सहयोग हस्तान्तरण गरेको छ ।  निर्माता सन्तोष सेन, नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी, प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरको टोलीले सर्लाहीका छत्रआना र रामपुर क्षेत्रका बाढी प्रभावितलाई सहयोग गरेको हो ।

आवश्यक अध्यन र अनुसंधान गरि सर्लाही ज़िल्लाका अति प्रभावित गाऊँहरू (छत्रआना, मानपुर आदी) जहाँ हाल सम्म प्रयाप्त राहत पुगेको छैन त्याहा स्थानीय प्रशासनको अनुमति र सिफ़ारिसमा भोली पुन राहत वितरण गर्ने श्रोतले बताएको छ । राहत भनेको यस्तो ठाऊमा पूर्याउनु पर्छ जहाँ साच्चिकै आवश्यक छ भन्ने मान्यता राखेर प्रेम गीत टीमले आवश्यक छानबिन गरी राहत वितरण गर्ने स्थान चयन गरेको छ।

Image may contain: 6 people, people standing

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video