रेखा मोदी सफल फेशन डिजाइनरको रुपमा उदाउदै

काठमाडौँ : जन्मभुमि भारतभई कर्मभुमी नेपाल बनाएकी रेखा मोदी पेशाले एक सफल फेशन डिजाइनरको रुपमा उदाएकी छन् । फेशन डिजाइनमा IEC बागबजारबाट डिप्लोमा गरी आफ्नो क्षेत्रलाई अगाडी बढाइरहेकी उनी विगत १० बर्षदेखी नेपाललाई कर्मभुमी बनाइ आफुलाई फेशन डिजाइनरको क्षेत्रमा छुट्टै पहिचान राख्न सफल भएकी छन् । उनी सँग गरिएको केही कुराकानी –
(१) तपाइको दिनचर्या कसरी व्यतित भईरहेको छ ?
-आजकाल नयाँ प्रोजेक्टमा लागीरहेको छु । Haute Couture Fashion Fiesta मा प्रोफेशनल फेशन डिजनइनरमा आबद्ध भएको छु । त्यसैमा समय दिइरहेको छु ।
(२) जन्मभुमी चटक्कै बिर्सेर कसरी नेपाललाई कर्मथलो बनाउने सोच उजागर भएर आयो ?
– जन्म भुमी भारतनै भएपनि सानै उमेर देखी नेपाललाई दोस्रो घर बनाई नेपाललाई कर्म थालो बनाएको छु । IEC मा फेशन डिजाइन अध्ययन गदैदेखि नेपालमा फेशन डिजाइनको क्षेत्रमा केही गर्न सकिन्छ की भनी यसैमा लागी रहेको छु ।
(३) नेपालको फेशन डिजाइनको क्षेत्रमा कहाँ कहाँ आवद्धता जाउनुभयो ?
– जब म फेशन डिजाइन पढ्न थाले त्यस पछि यहाँ हुने विभिन्न फेशन शो तथा फेशनमा आबद्ध शो हरुमा सहभागिता जनाइसको छु । जस्तै साप्ताहिक डिजाइनर कन्टेस्ट सन् २००८, टिजिआईफ नेपाल फेशन विक सन् २००९ , डिजाइनर अफद इयर सन २०१३ , फेशन मेनिया २०१७ आदी ।
(४) नेपालमा फेशन बजार र यसको प्रभावकारीता कत्तिको देख्नु भएको छ ?
– नेपालमा फेशन बजारको कुरा गर्ने हो भने हाल आएर फेशन सम्बन्धि बजार राम्रो हुदै गएको । मानिसहरुमा फेशन धेरै कुरा जानकारी राख्न थालेका छन् । नेपालमा हुन थालेका विभिन्न फेशन सँग सम्बन्धित शो हरुले नि मलजल गरे जस्तो लाग्छ । यसका अलवा सोसल मिडियाको पनि धेरै हात रहेको छ ।
(५) नेपालमा फेशन डिजाइनको सम्भावना कस्तो छ ?
-फेशन डिजाइनको सम्भावना र सम्भाव्यता धेरै छ । नेपालमा हाल आएर फेशन प्रति मानिसको लागाभ बढ्न थलेको छ भने यस क्षेत्रको सम्भावना नेपालमा मात्र नभएर विदेशमा पनि बढीरहेको छ । तर पनि नेपाल र भारतको खुल्ला सिमानाले गर्दा उता बाट सस्तोमा सामान आउने र मानिसले सामानको क्यालिटि नहेरी किन्ने हुनाले सबैलाई नकरात्मक प्रभाव परेको पाइन्छ ।
(६) नेपालमा बुटिक ब्यवसायलाई कुन रुपमा लिइन्छ ?
– सामान्यतया मानिसहरुले बुटिक भन्ने बितिकै सामनको दाम धेरै महंगो पर्छ भन्ने सोच रहिआएको पाउन सकिन्छ । मानिसहरुलाई फेशन सम्बन्धि जानकारी भएता पनि कपडाको बारेमा पुर्ण ज्ञान नहुने हुनाले उनिहरु सस्तोको पछाडी दौडिने गर्दछन् । हामी ग्राहाकलाई उचित दाममा उच्चस्तरिय कपडा साथै उत्कृष्ट डिजाइन पनि दिन्छौं । हामी ग्राहाकको इच्छा अनुसारको डिजाइन , कपडा उपलब्ध गराउछौ भने ग्राहाकले चाहेमा हामी लुगाहरु भाडामा पनि दिदै आएकाछौं । हाल आएर लुगा कपडाको बुटिकमा आएर नयाँ डिजाइनको बनार लगाउने प्रचलन बढ्दै छ विशेष गरि विभिन्न चाडबाढको लुगाको खरिदमा ।
(७) Haute Couture Fashion Fiesta बाट कस्तो अपेक्षा गर्नु भएको छ ?
-यस प्रतियोगितामा म मेरो बुटिक पेज ३ बाट सहभागिता जनाउन लागीरहेको छु । अन्तराष्ट्रिय स्तरको शो भएकाले पनि होला यसबाट मैले धैरै अपेक्षा गरेको छु । यस प्रतियोगितामा राम्रो गर्न सकेमा पक्कै पनि नेपाली फेशन डिजाइनरको रुपमा अन्तराष्ट्रिय अवसर साथ साथै मेरो र मेरो बुटिकको बारेमा धेरैलाई जानकारी गराउन सक्छुकी भन्ने लागि रहेको छ । यस प्रतियोगितामा मैले ५ जना मोडलको लागि उत्कृष्ट डिजाइनका साथमा र्याम्पमा ओराल्ने विचारमा छु ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video