ट्रेन्डिङ नम्वर १ मा ‘झ्याम्म झ्याम्म’ (भिडियो सहित)

चलचित्र ‘छक्का पञ्जा २’ को पहिलो गीत ‘नाइलन को सारी’ होस् या दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ दुबै बिबादमा परे । तर दर्शकले छक्का पञ्जा २ टिमलाई साथ दिन भने छोडेनन । हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको गीत ‘झ्याम्म झ्याम्म’ युटुवमा ट्रेन्डिङ नम्वर एकमा आएको छ । सोमबार साँझ अपलोड गरिएको उक्त गीतलाई ८ लाख ९१ हजार भन्दा बढी पटक हेरिएको छ। किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले नृत्य गरेका छन् ।दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ फुलपातीका दिन यानि की असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video