‘मिस्टर झोले’ को ‘ओखती’ (भिडियो सहित)

‘मिस्टर झोले’ को पहिलो गीत ‘ओखती’ युट्युब मार्फत रिलिज भएको छ । कालिप्रशाद बास्कोटाको संगीत, शब्द तथा स्वर रहेको उक्त गीतको भिडियोमा दयाहाङ राई, दिया पुन र प्रविण खतिवडा लाई फिचरिङ्ग गरिएको छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनसको संयुक्त प्रस्तुती चलचित्र ‘मिस्टर झोले’ रामबाबु गुरुङको स्क्रिप्ट, लेखन तथा निर्देशन रहेको छ । दयाहाङ राइ, बर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्धी तमाङ, प्रबिण खतिवडा, बिजय बराल, अरुणा कार्की, कमल मणी नेपाल, सरोज अर्याल, निरु खड्का, लक्ष्मी बर्देवा, मओत्से गुरुङ र डि बि गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चल चित्र ‘मिस्टर झोले’ पुष २८ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video