“ए मेरो हजुर २” को आक्रमक सुरुवात, मल्टिप्लेक्स देखी सिङ्गल थियटर सम्म एकछत्र राज गर्दै (भिडियो सहित)

शुक्रबार देखी अल नेपाल प्रदर्सनमा आएको चलचित्र “ए मेरो हजुर २” ले आक्रमक सुरुवात गरेको छ ।

 उपत्यका भित्र देखी लिएर उपत्यका बाहिरका सबै हलहरु “ए मेरो हजुर २” मय बनेको छ । बिदेसी सिनेमाहरुलाई समेत “ए मेरो हजुर २” ले बिस्थापित गरेर मल्टिप्लेक्स देखी सिङ्गल थियटर सम्म एकछत्र राज गर्न सफल भएको छ । कडा सुरक्षाका बिच दर्शकको प्रतिकृया लिन हलसम्म पुगेका कलाकारहरुलाई दर्शकहरुले उत्साहजनक प्रतिकृया दिएका छन ।

झरना थापाको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अनुभब रेग्मी सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। दर्शकहरुलाई चलचित्रको कमेडी र योङ लभस्टोरी मन परेको प्रतिकृया दिए । यस चलचित्रलाई सबैतिर बाट फाईदा भएको छ ।

बिभिन्न सार्वजनिक बिदा पर्नु देखी लिएर सोलो रिलिज हुनु अनी दर्शकहरुको प्रतिकृया राम्रो पाउनु, सुन मा सुगन्द थपिएको जस्तै भएको छ ।

भिडियो हेर्नुहोस्…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video