झरनालाई झरनाको सर्प्राइज गिफ्ट सकिनन रोक्न आंशु (भिडियो सहित)

यतिबेला देश ए मेरो हजुर २ मय भएको छ । झरना थापाको डेब्यु निर्देशन लाई सबैको तीरिफ त आएकै थियो तर उनिले धेरै क्रेजी फ्यानहरु पनि भेटीन । दर्शकहरुको प्रतिकृया लिन बिहानै गोपीकृष्ण हलमा पुगेकी नायीका तथा निर्देशक झरना थापा लाई स्थाइ घर सिन्धुपाल्चोक भई हाल कपन बस्दै आईरहेकी सरिता श्रेष्ठले भेटेपछी कथाले नयाँ मोड लियो ।

यसो हेर्दा चलचित्रको काहानी जस्तो लाग्न सक्छ तर यो वास्तविकता थियो । वास्तविक नाम सरिता भएपनी उनिलाई सबैले “झरना” भनेर नै चिन्छन रे । झरना लाई के थाहा त्यहा यि अर्की सानी झरना भेटिन्छिन भनेर । आठ बर्षको उमेर देखी नायीका झरना थापाको चलचित्र हेर्न थालेकी झरना अर्थात सरितालाई के थाहा जसको हरेक चलचित्र हेरिन, जसको दुइअोटा एल्बम भरी फोटो सजाएर दराजमा राखेकी थीईन उनी सङ्गै अकस्मात भेट हुन्छ भनेर । झरनालाई भेटेको दिन देख्नेबित्तिकै अङ्गालोमा कसेर रुन थालेकी सरिता अर्थात झरना भोलिपल्ट टन्नै गिफ्टहरु लिएर पुन: झरना लाई भेट्न गोपीकृष्ण हल सम्म पुगेकी थीईन । ए मेरो हजुर २ युनिट ले सानो कार्यक्रम नै आयोजना गरेर ति सानी झरनालाई उपहार स्वरुप मोबाईल प्रदन गरेको थीयो। संगै ति सानी झरना ले बर्सौ देखी कलेक्सन गरेर राखेको झरनाका तस्बिर सङ्कलित २ वटा एल्बम, ‘आई लभ यू झरना’ भनेर रगतले लेखेको चिट्ठी, फोटो फ्रेम, झरनाको लागि कविता, झरना अभिनित चलचित्रको गीतहरु देखी लिएर अनेकौ चिझहरु झरनालाई देखाएकी थीईन ।यि सबै कुराहरुले झरनाको मन छोयो उनी भाबुक भईन, आँखाभरी आसुँ थियो मिडिया सामु उनिलाई बोल्न सकिरहेकी थीईनन । ति सानी झरना सँग मोबाइल नभएकोले झरनाले उनलाई मोबाइल गिफ्ट गरिन र उनलाई मन लागेको बेला कल गर्न सक्ने र जती बिजी भएपनी उनिको फोन उठाउनेमा विश्वस्त गराइन ।

भिडियो हेर्नुहोस्…

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video