
शुक्रबार अर्थात् भदौ १६ गतेबाट प्रदर्सनमा आएको चलचित्र ए मेरो हजुर २ ले आक्रामक व्यापार गरेको छ । सोलो रिलिजको साथमा हप्ताभरि परेको धेरै सार्वजनिक बिदाले “ए मेरो हजुर २” लाई राम्रो फाईदा पुग्ने देखिन्छ । उपत्यका भित्र देखी लिएर उपत्यका बाहिरका सबै हलहरु “ए मेरो हजुर २” मय बनेको छ । बिदेसी सिनेमाहरुलाई समेत “ए मेरो हजुर २” ले बिस्थापित गरेर मल्टिप्लेक्स देखी सिङ्गल थियटर सम्म एकछत्र राज गर्न सफल भएको छ । शनिबार चलचित्रले १.६० करोडको कमाई गरेको निर्माण टिमले जानकारी दिएको छ। यो संगै शुक्रबार र शनिबार गरेर चलचित्रले करिव साढे २ करोड कलेक्सन गर्न सफल भएको छ। झरना थापाको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अनुभब रेग्मी सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।