“मिस प्लस टु सुपर मोडल २०१७” को बिजेता बनिन रिजा खड्की

काठमाडौँ : ईम्पेरियल क्विन ईभेन्ट्स प्रालिको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा मिस प्लस टु सुपर मोडलको बिजेता रिजा खड्की बन्न सफल भएकि छन l आफुलाई अरु भन्दा फरक,बिउटिफ़ुल र बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य नौ प्रतिस्प्रधीहरुलाई पछि पार्दै रिजा खड्कीले उक्त ताज पहिरहन सफल भएकी हुन l त्यसैगरी फर्स्ट रनरअप सुष्मिता श्रेष्ठ र सेकेन्ड रनरअप सोनिया तामाङ बन्न सफल भएकी थिइन् भने अर्गनाइजर च्वाइसमा पविना खड्काले उपाधि जित्न सफल भएकी थिइन् l
प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक ईम्पेरियल क्विन ईभेन्ट्स प्रालिकि सी ई ओ रश्मि महर्जनले जानकारी गराईन l
मिस प्लस टु सुपर मोडल २०१७ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, अनिता केसी अनन्तमान सिंह र राज सुब्बा निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए l
ईम्पेरियल क्विन ईभेन्ट्स प्रालिकि सी ई ओ रश्मि महर्जनका अनुसार यस सौन्दर्य प्रतियोगीताले कलेज पढ्ने युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएकी छिन र भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ् उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा पनि उनि बताउछन ।मिस प्लस टु सुपर मोडल २०१७ कार्यक्रमको संचालन आर्जे भिजे तथा मोडल रन्जित पौडेलले गरेका थिए l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video