करिष्मा मानन्धर ९ कक्षा मा भर्ना

गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् । यसवर्ष भने उनी ग्यारेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् ।

 नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् । उनले भनिन्, ‘गत वर्ष मैले गीता म्या’मको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल दिएको हो । यो वर्ष मैतीदेबीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएर पढ्दै आएको छु । उनले ७ कक्षा पढ्दै गर्दा सिनेपा क्षेत्रमा सक्रिय भएको र सफलताको शिखरमा समेत पुगेको भएपनि औपचारिक शिक्षाको अभाव भने खड्किरहेकाले सोको पूरा गर्न विद्यालयमा भर्ना भएको बताइन् । ‘सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ’, उनको भनाई थियो । उनले पार्टीको कामका साथै फिल्मी क्षेत्रको व्यस्ततालाई पन्छाएर सकेसम्म धेरैभन्दा धेरै दिन विद्यालय जाँदै आएको दाबी गरिन् । उनले अहिले आएर अध्ययन थाल्दा रमाइलो महसुश भएको पनि बताइन् । सो क्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरे । स्मरण रहोस् करिष्यमाको एकमात्र छोरी कबिता हाल स्नातक तहमा अध्ययनरत रहेकी छिन् । व्यावहारिक शिक्षाका सँगसँगै औपचारिक शिक्षाको पनि उत्तिकै महत्व रहेको बुझेर विद्यालय भर्ना भएको करिष्माको भनाई छ । यसो त कलाकारको रुपमा देश विदेश चहार्दा सँधै आफूलाई औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्ने गरेको र त्यही पीडालाई शान्त पार्न अहिले विद्यालयको ढाकोसम्म पुगेको उनले खुलाइन् ।
सभार : लोकान्तर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video