‘छक्का पंजा २’ संग भिड्न तयार ‘मंगलम’

छबिराज प्रोडक्सनद्वारा निर्मित चलचित्र “मङगलम” पुर्व उद्घोष गरेकै मिति असोज ११, यानिकी बडा दसैमै रिलिज हुने औपचारिक जान्कारी प्राप्त भएको छ ।

चलचित्रको कामहरु समयमा नसकिएकोले प्रचारप्रसार ढिलो भएको र आज बाटै चलचित्रको प्रचार प्रसार सुरु गर्ने निर्माता छबी ओझाले जानकारी गराए । उनी निर्मित अरु चलचित्रहरुले जसरी माया पाएका थिए तेस्तै माया “मङगलम” मा पनि पाउने अपेक्षा गरेको उनले बाताए ।

दर्शकहरुमाझ निकैनै प्रतिक्षित बनेको चलचित्र ‘छक्का पंजा २’ असोज ११ गते बाट प्रर्दशनमा आउने भएको छ र चलचित्रको प्रर्दशनको मिती नजिकिदै गर्दा छक्का पंजा २ टिम व्यापक प्रचारप्रसारमा लागेको छ। छबी राजको “मङगलम” पनि सोही दिन मा रिलिज हुने जानकारी छ । तर सोही दिनमा आउने मंगलमले भने अहिले सम्म चलचित्रको कुनै पोस्टर गीत तथा यतिवेलार केही सार्वजनिक गरेको छैन ।


नवल नेपाल निर्देशित चलचित्र मंगलममा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका रहेको छ ।त्यस्तै दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा २’ दीपक राज गिरी, वर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video