‘मङ्गलम’को पोस्टर सार्वजनिक

बिराज प्रोडक्सनको ब्यानर तथा गुन सिनेमा प्राईभेट लिमिटेडको प्रस्तुती चलचित्र ‘मङ्गलम’को पोस्टर सार्वजनिक भएको छ। छबिराज प्रोडक्सनद्वारा निर्मित चलचित्र “मङगलम” असोज ११, यानिकी बडा दसैमै रिलिज हुने जानकारी छ ।

निर्देशक नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मङ्गलम’ लाई छविराज ओझाले निर्माण गरेका छन। चलचित्रमा दिपक शर्माको संगीत र गोबिन्द फुयाँलको कथा रहेको छ भने दिपेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ। त्यस्तै चलचित्रमा कविराज गहतराजले नृत्य निर्देशन रहेको छ भने मित्र देब गुरुङले सम्पादन गरेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video