गायक सिताराम पोखरेल सुचना तथा संचार मन्त्रि मोहन बहादुर बस्नेत बाट सम्मानित

काठमाडौँ : सुप्रसिद्द ख्याति प्राप्त गायक सिताराम पोखरेल संचार मन्त्रि माननीय मोहन बहादुर बस्नेत ज्युको हात बाट सम्मानित भएका छन lसम्बाद क्लब नेपाल द्वारा राष्ट्र निर्माण र पर्यटन बिकासमा नागरिक तथा संचार क्षेत्रको भूमिका बिषयक बृहत अन्तरकृया तथा सम्मान कार्यक्रममा गायक पोखरेलले सामाजिक कार्य तथा बिगत लामो समय देखि गायन क्षेत्र बाट समाजमा पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्बाद क्लब नेपालले उनलाई बिसेष सम्मान गरेको थियो l

सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन । निरन्तर संगीत सधानामा नै लागेर उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाइ सकेका छन ।

सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि तराइका फाट अनि पूर्व देखि पश्चिम सम्म देशका सबै भूभाग बाट राष्ट्रिय सम्मान आफ्नो हातमा परेका प्रशिद्द गायक पोखरेल यूरोप, अमेरिका,सिंगापुर, दुबई, मलेसियामा समेत अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भई नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन । गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video