नायिका बर्षा राउतका पिता नेता सुरेश बहादुर राउत बर्दिबास नगरपालिकामा मेयर पदको लागि चुनाबी मैदानमा

काठमाडौँ : नायिका तथा मोडल बर्षा राउतका पिता नेता सुरेश बहादुर राउत बर्दिबास नगरपालिकामा मेयर पदको लागि चुनाबी मैदानमा उत्रेका छन l प्रदेश न २ अहिले निर्बाचनमय भईरहेको स्थितिमा बर्दिबास नगरपालिकाको जनताहरुको तथा युवाहरुका ढुक ढुकी बन्न सफल नेता सुरेश बहादुर राउत बर्दिबास नगरपालिका महोत्तरी जिल्ला बाट नेकपा एमालेको तर्फ बाट मेयर पदका लागि चुनाबी मैदानमा उत्रिएका छन l बिस वर्ष पछि भैरहेको स्थानयि तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वको लागि स्थानिय तहका नेताहरु आफ्नो पक्षमा मतदान गराउन आफ्नो आफ्नो एजेण्डा लिएर जनताको घर दैलो सामु पुगेका छन।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा नेकपा एमालेको तर्फ बाट मेयरमा इमान्दार, कर्मठ तथा जुझारु नेता सुरेश बहादुर राउतले उम्मेदवारी दिएका हुन् l सधै जनताको कामलाई प्राथमिकता दिने, स्थानिय निकायलाई बलियो बनाउदै नगर बिकासमा साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका नेता सुरेश बहादुर राउतले बर्दिबास नगरपालिका मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन l सर्बाधिक नगरबासीको रोजाइमा परेका स्पष्ट भिजन लिएर अगाडि बढेका नेता सुरेश बहादुर राउत स्थानिय तह देखि नेकपा एमालेको केन्द्र सम्म पनि एक स्वच्छ छबि भएकी इमान्दार तथा कर्मठ नेताको रुपमा परिचित छन् l आफैमा बर्दिबास नगरपालिका एक एतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता नेता सुरेश बहादुर राउतको आबस्यकता रहेको र सम्पूर्ण बर्दिबासका जनताहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ l
बिगत दशकौ बर्ष देखि नेकपा एमाले बाट सक्रिय राजनीति गर्दै आएका नेता सुरेश बहादुर राउत युवाहरु देखि बृद बृदाहरु सम्पूर्ण बर्दिबास नगरपालिकाको बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा उनको जित्ने सम्भाबना पनि प्रचुर रहेको जानकारी जानकारहरुले दिएका छन l नेता सुरेश बहादुर राउत एक निडर, हक्की, स्वच्छ छबि तथा स्पष्टबक्ता नेताको रुपमा परिचित समेत छन l
बर्दिबास नगरबासीहरुको जनमत अहिलेको परिस्थितिमा नेता सुरेश बहादुर राउत संग रहेको र नागरिकहरुको जनलहर उनि प्रति रहेको जानकारी निकट श्रोतले गराएको छ । नेता सुरेश बहादुर राउत नगरलाई हाक्न र बर्दिबास क्षेत्रको विकासमा गति दिन पनि अपरिहार्य रहेको कुरा नगरबासीले जानकारी गराए । महोत्तरीको बर्दिबास नगरपालिका सास्कृतिक, धार्मिक तथा पर्यटकिय रुपले पनि धनि नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि नेता सुरेश बहादुर राउतको आबस्यकता रहेको र सम्पूर्ण जनताहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ भने अहिले सम्मको परिस्थिति हेर्दा उनको जित सुनिस्चित रहेको छ l नेता सुरेश बहादुर राउत नायिका तथा मोडल बर्षा राउतका पिता हुन भने अहिले नायिका बर्षा राउत समेत आफ्नो पिताको चुनाब प्रचार प्रसारको लागि ब्यस्त भएकी छिन l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video