“गायिका अनिता श्रेष्ठको समाजसेवी मन”

काठमाडौँ : गायिका अनिता श्रेष्ठ आफैमा एक चिर परिचित नाम हो l बिगत लामो समय देखि गित संगीतमा आफ्नो बेग्लै छाप छोड्न सफल गायिकाले दर्जनौ राष्ट्रिय गित, आधुनिक र तिज गित लगायत अन्य गीतहरुमा आफ्नो आवाज भरिसकेकी छिन उनि एक राम्रो गायिकाको साथै एक राम्रो डान्स टिचर र कोरियोग्राफर समेत हुन l गित संगीत संग संगै उनि समाजसेवामा पनि सक्रिय रुपमा लगेर अनाथ अपाङ्ग, बेसाहारा, दुखि पिडितलाई पनि आफ्नो व्यक्तिगत तर्फ बाट मात्र नभएर विभिन्न कार्यक्रम गरेर साथ् र सहयोग गर्दै आएकी छिन l

भर्खरै मात्र पनि एक भब्य सास्कृतिक कार्यक्रम गरेर दुवै मृगौला पिडित रेणु माझीलाई उक्त सास्कृतिक कार्यक्रम बाट उठेको सम्पूर्ण रकम हस्तान्तरण गरेर आफ्नो सामज प्रतिको दायित्वलाइ निर्भाह गरेकी थिइन् l सामाजिक कार्यमा सदैब अग्रणी भूमिका निर्बाहा गर्दै आएकी गायिका तथा सर्जक, बरिष्ट समाजसेवी अनिता श्रेष्ठले मृगौला पिडित रेणु माझिको उपचार्थ व्यक्तिगत सहयोग पनि गर्दै आएकी छिन l

उनि गायिका, समाजसेवी मात्र नभएर ब्यबसायी, सौन्दर्यविद तथा एक राजनीतिकर्मीको रुपमा समेत चिर परिचित छिन l बुढानीलकण्ठ नगरपालिकाकी अनिता श्रेष्ठ राजनैतिक बृत्तमा उदाहरणका रुपमा रहेकी छन । श्रेष्ठ संगीतमा जति अब्बल छिन त्यो भन्दा बढि राजनीतिमा उनको सक्रियता छ । बुढानीलकण्ठ नगरपालिका भित्र हुने विभिन्न समाजिक तथा राजनैतिक कार्यक्रममा सहभागी भइरहने श्रेष्ठ आफ्नो सांगीतिक यात्रा बोकेर देशभर समेत पुग्ने गरेकी छन । बुढानीलकण्ठ मन्दिर संगै उनको पार्लर समेत उत्तिकै व्यस्त रहेको हुन्छ । एउटा महिला यसरी समाजका विभिन्न क्षेत्रमा उत्तिकै सक्रिय रहनु समान्य भने होइन ।
गायिका अनिता श्रेष्ठको परिचय यतिमा मात्र सिमित छैन उनि विभिन्न संगितक संघ सस्थामा, विभिन्न एन जी ओ हरुमा समेत आबद्द रहेर हरेक क्षण समाजको लागि राष्ट्रको लागि काम गर्दै आएकी एक सवल र सक्षम महिलाको रुपमा परिचित छिन l विभिन्न समयमा विभिन्न स्थानमा गएर भुकम्प पिडित देखि बाडी पिडित सम्म अनाथ अपाङ्ग देखि बृद बृदा सम्मलाइ सहयोग गर्दै आएकी गायिका भविष्यमा समेत सधै सामाजिक कार्यमा आफ्नो जिबन समर्पित गर्ने प्रण गर्दछिन l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video