पर्दामा पुनः पिताम्बर

काठमाडौँ : कलाक्षेत्रमा साधुरामको नामले चिनिएका पितम्बर आचार्य अब ‘पटुकी’ मार्फत दर्शकमाझ आउने भएका छन् । मोफसलमा रहेर चलचित्र निर्माण र अभिनयमा सक्रिय रहेका पिताम्बर चलचित्र ‘पटुकी’ मार्फत दर्शकमाझ आउन लागेका हुन् । बाहुन्न घुस्सा त्रिपन्न ठक्कर, भईंगो नि त, हर्के हल्दार, रातो–पिरो जस्ता हाँस्य टेलिसियरलहरुबाट साधुरामको परिचय बनाएका उनले इन्दे्रणी, यो संसार, भाईटिका, पिंजडा, माया नमार, तहल्का डटकम लगायतका दर्जनौ चलचित्रमा अभिनय गरेका छन् । चलचित्र ‘दि रेञ्ज’ मार्फत नेपाली चलचित्र निर्माणमा हात हालेका उनले केही भोजपुरी चलचित्रमा पनि अभिनय गरेका छन् ।
पिताम्बर आचार्य कलाकारीताको क्षेत्रमा मात्र नभएर स्थानीय राजनीतिमा समेत सकृय व्यक्ति हुन । आफै पनि निर्माता भएको कारण राम्रो कथावस्तु पाएमा चलचित्र निर्माण गर्ने सोच रहेका निर्माता, कलाकार आचार्यले भने– ‘हाल चितवनमा छायाँकन भइरहेको चलचित्र ‘पटुकी’ मा मेरो सशक्त अभिनय रहेको छ ।’ चलचित्र राम नेपालको निर्देशनमा छायाँकन भइरहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video