ॠषि धमलाकी पत्नी एलिजा दिपक घिमिरे सँग रोमान्स गर्दै (भिडियो सहित)

ॠषि धमलाकी पत्नी एलिजा द्वारा निर्माण गर्न लागिएको चलचित्र “अनुराग” को अफिसियल अनाउन्स्मेन्ट गरिएको छ ।

चलचित्रको इनिसियल बजेट करीब एक करोड राखिएको छ। काठमाडौं, ईलाम र पोखरमा उक्त चलचित्रको छायाङ्कन गरिने सम्बन्द्धित श्रोत ले जानकारी दिएको छ । लामो समयसम्म नेपाली चलचित्र छेत्रमा मुख्य सहायक निर्देशक का रुपमा कृयासिल सत्यराज चौलागाईले यस चलचित्रको निर्देशन गर्ने छन।

अन्तररास्ट्रिय र्याम्प मोडल दिपक घिमिरे पर्दामा नायकको रुपमा यसै चलचित्रबाट आउँदैछन भने नायिका एलिजा गौतम पनि नव नायिकाको रुपमा यसै चलचित्रबाट देखा पर्दैछिन । चलचित्रमा दिपक घिमिरे, एलिजा गौतम, सरोज खनाल, रुपा राणा, निर्मल शर्मा लगायत अन्य कलाकारहरुको अभिनय रहनेछ। चलचित्र कार्तिक को तेश्रो हप्ता देखी फ्लोरमा जानेछ ।

 

एरिका फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र “अनुराग” एक फरक म्युजिकल लव स्टोरी चलचित्र हो । माया प्राप्तिका लागि गरिने संघर्षमा, मिलनमा खुशी र बिछोडमा रोदन आउने यथार्थपरक कथा हो “अनुराग” ।

भिडियो हेर्नुहोस्…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video