आजको म्युजिकल ईभिनिङमा सुरज थापा !

आज भाद्र २१  गते ठमेलमा रहेको ‘रीफ रेस्टुरान्ट एन्ड लज बार’ मा हुन गईरहेको  म्युजिकल ईभिनिङमा सुरज थापाले आफ्नो प्रस्तुती दिने छन । नेपाल आईडल बाहिरिएपछी सुरजले पहिलो सार्वजनिक प्रस्तुती दिदै छन ।

उक्त शो को टिकाट दर रु. ५०० राखिएको छ । उनी नेपाल आईडल को टप ६ बाट बाहिरिएका थिए । नेपाली संगीतको क्षेत्रमा अनबरत लागिपरेका सुरज थापा पछील्लो समय नेपाल आईडलमा सहभागि भएर निकै चर्चामा आएका छन ।

Image may contain: 1 person, smiling, text

संगीत मै केही गर्छु भन्ने अठोटका साथ नेपाल आईडलमा सहभागि भएका थापाको नेपाल आईडल यात्रा टुङ्गिएको भए पनि सांगितिक यात्रा भने टुङ्गिएको छैन । “आमा ले सोध्लिन नि” गीत गाएर नेपाल आईडल को प्रथम सन्स्करणको सबै भन्दा उत्कृष्ट प्रस्तुती दिएका सुरज थापा दर्शकको औधी माया पाउदा पाउदै पनि आईडल बाट बाहिरिनु परेको थियो ।

निकै नै हसिलो स्वभाब भएका सुरजको स्वोर मन नपर्ने शायदै कोही होला । नेपाल आईडल बाट बहिरिएपछी उनले अनाथ हरुको कार्यक्रममा गएर गीत प्रस्तुत गरेका थिए ।

Image may contain: 1 person, sitting, hat, indoor and closeup

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video