
दयाराम दहाल निर्देशित चलचित्र ‘रानी’को ‘भन भन’ बोलको गीत सार्वजनिक गरिएको छ । कार्तिक २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रानी’ को उक्त गीत कमलादीको सिनेमा हलमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा बिजय घिमिरेको शब्द तथा संगीत रहेको छ भने बिजय र निकिता थापाको स्वर रहेको छ। चलचित्र रानी रेखा थापाको रुद्रप्रिया सँग भिड्ने भएको छ ।
रानी र रुद्रप्रिया दुबै लक्ष्मी पूजाका दिन रिलिज हुने घोषणा भएको छ । चलचित्र रानी मा मलिना जोशी शिर्ष भूमिका रानीको रुपमा प्रस्तुत भएकी छिन् भने नायक अनुपविक्रम शाही, नव नायकहरु सारुक ताम्राकार मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म रानी लाई भानु महर्जनको निर्माण गरेका हुन् ।
इन्टर्भ्यू
कार्यक्रमको भिडियो
रानीको गीत