‘छक्का पन्जा २’ को ट्रेलर सर्बाधिक मन पराईयो, लक्ष्मी गिरिले हानिन माग्ने बुढालाई किक (भिडियो सहित)

दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा २’ को ट्रेलर अपलोड गरिएको चौविस घण्टा नवित्दै नम्वर एकमा आइपुगेको छ ।

कमेडी र सपेन्स जोडिएको चलचित्रको ट्रेलरले यो समाचार तयार पर्दा सम्म लगभग पाँच लाख बयासी हजार पुगेको थियो । ‘छक्का पन्जा २’ यो बर्षको निकै नै प्रतिक्षित चलचित्र मध्य एक हो ।

ट्रेलर निकैनै रमाइला सम्बादले भरिएको छ भने निकै नै फरक प्रस्तुती दिएको छ । कलाकार लक्ष्मी गिरिले माग्ने बुढालाई हानेको किकले सामाजिक सन्जालमा चर्चा पाइरहेको छ ।

छक्का पन्जामा जसरी समाजमा घट्ने घटनालाई प्रस्ट रुपमा देखाइएको थियो ‘छक्का पन्जा २’ को ट्रेलर हेरिसकेपछी फेरी समाजकै कुनै बिषय लाई उत्थान गर्न खोजेको जस्तो देखिन्छ ।

यस चलचित्रको गीत पनि निकै हिट छ र ट्रेलर पनि ट्रेन्डिङ नम्बर एक मा पुग्न सफल भएको छ । गीत र ट्रेलर जस्तै चलचित्रले पनि सफलता पाउछ पाउदैन यो थाहा पाउन असोज ११ प्रतिक्षा गर्नुको बिकल्प छैन ।  चलचित्रमा दिपकराज गिरि, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video