‘साढे ७’ को ट्रेलर र फस्ट लुकसार्वजनिक ( फोटो / भिडियो )

काठमाडौं को कमलादी स्थित एक कार्यक्रमको आयोजना गरी नेपाली कथानक चलचित्र ‘साढे ७’ को फस्ट लुक र ट्रेलर सार्वजनिक गरिएको छ ।

२०७२ सालको नाकाबन्दीमा नेपाली जनताले भोग्नुपरेको दु:ख चलचित्रको मुख्य बिषय बस्तु रहेको छ । चलचित्रका मुख्य कलाकार सत्य राज आचार्य पत्रकारको रुपमा देखा परेका छन ।

ट्रेलरमा देखाइए अनुसार सत्य राज एउटा फोटो पत्रकार ट्याक्सी ड्राईभर का मिल्ने साथी हुन र त्यो ट्याक्सी ड्रिभरले सत्यलाई एउटी बेश्या सँग चिनाजान गराइदिएका छन ।

अब यि तीन मुख्य कलाकारहरुको कथाले के मोड लिन्छ ? त्यो त मङ्सिर १५ गते नै थाहा हुन्छ । सत्य राज आचार्य, स्वरुप राज आचार्य, सुनिल थापा, नरेश देभ पन्त,डी जे सन्तोष र सम्तेन भुटिया द्वारा निर्मित चलचित्र साडे ७ मा अनिश तमाङको छायाँकन रहेको छ ।

सत्य स्वरुप को म्युजिक रहेको यस चलचित्रमा सत्य राज आचार्य र मेनुका प्रधान, सुनिल थापा लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।
कार्यक्रमको भिडियो

ट्रेलर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video