वुमन इन कन्सर्ट– यूएस टुर २०१७ मा को-को जादै छन त ?

अमेरिकामा अक्टोबरमा हुने वुमन इन कन्सर्ट– यूएस टुर २०१७ का लागि रक ब्यान्ड अभया एन्ड द स्टिम इन्जन्स, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशी यसपालि एकैसाथ अमेरिका जाने भएका छन । गायिका अभया सुब्बाको संस्था निर्भया फाउन्डेसनले गर्दै आएको वुमन इन कन्सर्ट यसपालि पहिलो पटक देशबाहिर हुन लागेको हो ।

थ्रीई इन्टरटेन्मेन्टले आयोजना गर्ने टुरबाट उठेको केही रकम सामाजिक कार्यमा लगाउने विज्ञप्तिमा उल्लेख छ । कलाकारको टोली एक महिनासम्म अमेरिकाको सानफ्रान्सिस्को,लस एन्जलस,क्लिभल्यान्ड,न्युयोर्क,बोस्टनलगायत सहरमा कार्यक्रम गर्नेछ ।

Image may contain: 3 people, people smiling

‘यो हाम्रो लागि ठूलो कुरा हुनेवाला छ’, अभयाले भनिन्, ‘हाम्रो ब्यान्डले टुर हेडलाइन गर्दैछ । महिलाले नेतृत्व गरेको ब्यान्डलाई अलि पत्याउने गरिएको छैन ।’ अभयाका अनुसार नपत्याउने खोलाले नै कहिलेकाहीँ बगाइन्छ । ‘हामीजस्तो अन्डरडगहरूले बेलाबेला मान्छेलाई छक्क पारिदिन्छौ’, उनी हाँसिन् , ‘अमेरिकाका दर्शकलाई छक्क पार्ने कोसिस गर्नेछौ ।’ उनले अमेरिकामै रहेका जेरुसा राई, वार्तिका राई जस्ता गायिकाहरूलाई वुमेन इन कन्सर्टमा सहभागी गराउन चाहेकी छन् ।

गायिका आस्था राउतलेपनि अमेरिकाको कार्यक्रमप्रति खुसी व्यक्त गरेकी छन् । वुमन इन कन्सर्टमा सहभागी हुन पाउनु आफ्ना लागि गज्जबको कुरा भएको उनले बताइन् । ‘दसवटा सहरमा कार्यक्रम हुदैछ’, उनले फेसबुकमा स्टाटस लेखेकी छन्, ‘एकैचोटी अमेरिकामा भागलिन पाउने भएकाले पो अहिलेसम्म वुमन इन कन्सर्टमा सहभागी हुन नपाएकी रहेछु ।’

Image may contain: 3 people, people smiling, text

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video