‘आउन पाइन दशै र तिहारमा’ सार्बजनिक (भिडियो सहित)

काठमाडौ । भोला तिमल्सिनाद्वारा निर्देशित भिडियो ‘आउन पाइन दशै र तिहारमा’ बोलको  मार्मिक म्यूजिक भिडियो केहीदिन अगाडी माात्र सार्बजनिक भएको छ ।

विशेष गरी नेपालीहरुले मनाउने गरेको ठूलो चाड दशै र तिहार नै हो । यही दशै र तिहारको अवसरमा आफू घर फर्किन नसकेको कथाबस्तुलाई आधार बनाई भिडियो तयार पारिएको छ ।

घरखर्चमा चलाएको साहुको ऋण तिर्ने पैसा कमाउन छोरो धन कमाउन विदेशिएको हुन्छ, घरमा (स्वेदश) भने झमझम साँझविहान चाडवाडले छोपेको हुन्छ, यसरी वितेका वर्षहरुमा आफ्नो घरपरिवारसँग वडो खुशीयालीकासाथ मनाउने गरिएको हुन्छ, ठीक त्यही क्षणलाई स्मरण गरी घरगाउँ र परिवारको यादमा छोरो विदेशमा डुबेको हुन्छ । घरमा छोरोको यादमा रुँदै आमा भक्कानिन्छिन् भने छोरो उता आमाको यादमा भक्कानिने गर्छ ।

अघिल्लो वर्षहरुमा भएको त्यो खुशी, हर्ष र साथीभाईहरुसँगको त्यो मायाप्रेम अनि रङ्गरमाइलो गरी मनाउँदै आएको त्यस घडीलाई सम्झेर सार्है नमिठो पाराले आफ्नो आमासँग गुनासो पोखेको दृष्य बडो उत्कृष्ट ढङ्गबाट उजागर गरिएको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video