रोगले थल्लिए तीन बरिष्ठ संगीतकर्मी, उपचारमा कठिनाई

रेडियोकर्मी तथा गायक बासुदेव मुनाल


गत १२ गते घाँटिमा समस्या देखेपछि उहाँलाई मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । चेकजाँच पछि उक्त अस्पतालले उहाँलाई भक्तपुर क्यान्सर अस्पताल रिफर गरेको थीयो । त्यहा उपचार गर्ने क्रममा उहाँलाई घाँटीको क्यान्सर तथा फोक्सोको समस्या भएको कुरा पत्ता लागेको थीयो । ६८ वर्षिय रेडियोकर्मी तथा गायक मुनाललाई हाल रेडियसन मात्र गरिईरहेको छ । किमो दिँदा उहाँको ज्यानले थेग्न नसक्ने उपचारमा संलग्न चिकित्सकले बताए । चिकित्सकका अनुसार उहाँको क्यान्सरको स्टेज नर्मल भन्दा धेरै माथी रहेको छ। उहाँको यो अवस्था भईरहँदा प्रस्तोता समाज नेपालले अाफ्नो तेस्रो रोयल्टी वितरणको सन्दर्भमा उहाँलाई सम्मान समेत गरी उहाँको उपचारमा सहयोग समेत गरेको छ । प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले अधिवक्ता परशुराम कोईराला तथा हाँस्यकलाकार दिपाश्री निरौलाबाट प्राप्त क्रमशः २१ हजार र १० हजार रकम अस्पतालमै पुगी उहाँका छोरा मोहित मुनाललाई हस्तान्तरण गरे। मोहितले अार्थिक सहयोग गरिदिन सबैलाई अाग्रह गरेका छन् । उहाँको उपचार गरिरहेका डा. उज्वल चालिसेले मुनालमा सकारात्मक भावनाले गर्दा पनि यस रोगको प्रभाव धेरै नदेखिएको र अाफुहरुले सकेसम्म यस रोग यहिँ ठिक गर्न लागिरहेको बताए भने भक्तपुर क्यान्सर अस्पतालका चेयरमेन लोकेन्द्र कुमार श्रेष्ठले देशको गहनाका रुपमा रहेका यी स्रष्टालाई सरकारले केहि वास्ता गर्दैन भने उपचारको सम्पुर्ण खर्च अस्पतालले नै बेहोर्ने जानकारी गराए ।

गायिका संगिता थापा


नयाँदिल्ली स्थित राजिव गान्धि क्यान्सर ईन्टिच्युटमा दोस्रो चरणको किमो थेरापी गरि स्वास्थ्य परिक्षण गराईरहनुभएकी गायिका संगिता थापा शाक्य पनि यस रोगलाई जितेर समान्य जीवनमा फर्किने प्रयासमा हुनुहुन्छ । उहाँलाई घाँटिमा क्यान्सर भएको थीयो । उपचार पश्चात उहाँ नेपाल अाई सक्नु भएको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सुधारउन्मुख छ।

पप सम्राट अोमविक्रम विष्ट


दुवै मृगौलाले काम गर्न छाडेपछि अमेरिकाको क्यानजोहोरी शहरस्थित अाफ्नै छोरी ज्वाईँको घरमा बसेर उपचार गराईरहनुभएका पपसम्राट अोमविक्रम विष्टले पनि सहयोगको लागी अाग्रह गर्नुभएको खबरहरु बाहिर अाईरहेको छ । चिकित्सकले उहाँलाई मृगौला प्रत्यारोपण भन्दा अब विकल्प नभएको बताएका छन । चिकित्सकको कुरा पछि गायक विष्ट के गर्ने भन्ने दोधारमा हुनुहुन्छ ।
यी तीनै जना संगितकर्मीको बारेमा राज्यले खोजी गर्नुपर्ने त हो तर केही वास्ता गरेको देखिँदैन् । अब सुतेका राज्यसंचालकको अाशा गरेर बसेर मात्र हुँदैन् । सबैले यस कुरामा सहयोगी हात अघि बढाई राज्यतहमा अावाज उठाउनुपर्छ । सांगितिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले पनि यस बिषयमा अावाज उठाउन जरुरी छ ।

तस्बिर – सिताराम बडालको फेसबुकबाट

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video