एक हप्तामा कती कमायो “ए मेरो हजुर २” ले

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ले पहिलो साता बक्सअफिसमा उत्साहजनक कलेक्सन गरेको छ । पहिलो तिन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गरेको चलचित्रले बाँकी ४ दिनमा १ करोड ५९ लाख ४३ हजार कलेक्सन गर्यो । ‘ए मेरो हजुर २’ले बलिउड र हलिउड सिनेमालाई पहिलो साताको कमाईमा उछिनेको छ ।

पहिलो साताको कमाईबाट चलचित्रले लगानी सुरक्षित गरिसकेको छ । पछिल्लो ४ दिनमा चलचित्रले राजधानीबाट क्रमस… २५ लाख १५ हजार, ३० लाख १५ हजार, १८ लाख ५५ हजार, र १६ लाख कलेक्सन गर्यो । त्यस्तै राजधानी बाहिरबाट क्रमस… २१ लाख २५ हजार, १९ लाख २८ हजार, १५ लाख ५ हजार र साताको अन्तिम दिनमा १४ लाख ग्रस कलेक्सन गर्न सफल भयो । यो हिसाबमा ‘ए मरो हजुर २’ले पहिलो साता देशभरबाट ५ करोड २ लाख ८४ हजार कलेक्सन गर्न सफल भएको छ । दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले दोस्रो साता पनि राम्रो व्यापार गर्ने छनक देखाएको छ । दोस्रो सातामा एक मात्र नेपाली सिनेमा रिलिज हुँदा यसको फाईदा ‘ए मेरो हजुर २’लाई पनि पर्ने देखिएको छ । दोस्रो सातामा सिनेमाको ३० प्रतिशत मात्र शो कटौती भएका छन् । झरना थापाको डेब्यु निर्देशन रहेको चलचित्रमा साम्राग्गी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित चलचित्रमा हरिहर अधिकारीको कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा र संजय लामाको छायाँकन रहेको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video