ए मेरो हजुर २ दोश्रो हप्तामा पनि उतिकै क्रेज, कानुनबिद देखी कलाकारको यस्तो आयो प्रतिक्रिया (फोटो / भिडियो सहित)

ए मेरो हजुर २ सर्बाधिक हिट भएपछी आज बिग मुभिजमा स्पेसल स्क्रीनिङ आयोजना गरिएको छ। उक्त स्पेसल शो हेर्न आएका कलाकार, पत्रकार, राजनीतिकर्मी, कानुन बिद लगायत ले चलचित्र उत्कृष्ट बनेको र एक पटक सबैले यो चलचित्र हेर्नु पर्ने प्रतिकृया दिएका छन। स्पेसल स्क्रीनिङमा सर्बोच्च अदालतका माननीय न्यायाधिस प्रकाश रावत, बरीस्ट पत्रकार रबी लामिछाने, अभिनेत्री द्वय गौरी मल्ल, करिश्मा मानन्धर, हाश्य कलाकार निर्मल शर्मा, दिपक राज गिरी, बिकास राणा लगायत को उपस्थिती रहेको थीयो।

ए मेरो हजुर २ को स्पेसल शो हेर्नकालागी आएका पत्रकार, न्यायधिस र कलाकार हरुले यस चलचित्रको खुलेर प्रसम्सा गरेका छन । चलचित्र हेरेर फर्किदै गरेका बिसिस्ट ब्याक्ती हरुलाई चलचित्र कस्तो लाग्यो भनेर सोधेका थियौ, उनिहरुको जवाफ यस्तो छ :

गौरी मल्ल – चलचित्र एकदम राम्रो लाग्यो, सबैभन्दा खुशी त झरनाले बनएको फिल्म हेरेपछी एकदम खुशी छु । लभ स्टोरी एकदम नाईस , झरना र मेरो कहिले पनि प्रतिस्प्रादा हुँदैन उ त मेरो एकदम प्रिया मान्छे हो । झरना को चलचित्र मा काम गर्ने नव कलाकार हरु को काम एकदम राम्रो छ ।

करीश्मा मानन्दर – चलचित्र एकदम राम्रो छ । स्क्रिन प्ले र स्क्रिप्ट एकदम राम्रो लाग्यो, कलाकार सबैको पर्फर्मेन्स राम्रो छ । झरना जि आँफै एउटा कलाकारले बनाएको भएर होला यसमा अभिनयमा सबैजान एकदम खारिएको देखिन्छ ।

रबी लामिछाने – चलचित्र एकदम रमाइलो छ । रेगुलर चलचित्र हेर्ने दर्शक हरुको लागि एकदम राम्रो चलचित्र बनेको छ । लोकेसन राम्रो छ , प्लट स्क्रिप्ट म्युजिक राम्रो छ । अोभरल हेर्दा राम्रो बनेको छ । मलाई एकदम रमाइलो लाग्यो ।

निर्मल शर्मा – चलचित्र एकदम असम, एक्सिलेन्ट । चलचित्र पर्फेक्ट छ, मलाई चलचित्र को हरचिज मन पर्‍यो ।

सर्बोच्च अदालतका माननीय न्यायाधिस प्रकाश रावत– यो मुभि एक्पल्ट सबैले हेर्नै पर्ने रहेछ । कलाकार हरु को जिबन्त अभिनय छ । जती जुरालाई यो चलचित्र ले समातेको छ त्यो प्रसम्सनिय छ । नेपाल को प्राकृतिक साउनदर्यता लाई राम्रो सँग देखाइएको छ, कलाकारहरुको प्रस्तुती बेजोड छ र सबै नेपालीलाई चित्त बुझ्दो किसिमको मनोरन्जन दिने किसिमको लाग्यो मलाई ।

हेर्नुहोस् भिडियोमा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video