सुनिल थापा आउँदै ‘शेरबहादुर’ लिएर

सुनिल थापा अभिनित चलचित्र ‘शेरबहादुर’ को प्रदर्शन मिति र चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । आर राजवंशी निर्देशित यो चलचित्र माघ २६ देखि प्रदर्शनमा आउँदैछ ।

चलचित्रको नाम प्रधानमन्त्री ‘शेरबहादुर’ देउवासँग मिलेको भएपनी देउवा सँग सम्बन्धित भने नभएको जानकारी छ ।  यस चलचित्रमा सुनिल थापा मुख्य भूमिकामा देखिने छन । सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा देखिएका छन ।

गौरीशंकर धुजु र धिराज राजवंशीको लागनी रहेको चलचित्रमा कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ ।  प्रमोद क्षेत्रीको कथा रहेको यस चलचित्र धिराज प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video