नेपाल आईडलका टप ३ प्रतिस्प्रधी कडा सुरक्षाका साथ आ-आफ्नो घर फर्किदै ।

नेपाल आइडलमा उत्कृष्ट ४ सम्मको यात्रा तय गरेका सागर आले लाई गएको शुक्रबार निकै नरामाइलो र नमिठो क्षण बन्यो । टप ३ मा पर्न सफल प्रतिस्प्रधी निशान भट्टराई, प्रताप दास र बुद्ध लामा लाई कडा सुरक्षाका साथ आ-आफ्नो घर फर्काइदै छ ।

लगभग चार महिना पछी उनिहरु लाई आफ्नो परिवार सँग भेट गर्ने मौका मिलेको छ । फाइनल का लागि नेपाल आईडल टिम कतार जानेछ । नेपाल आईडल को ट्याग , सान मान कसले पाउने हो त्यो भने सेप्टेम्बर २२ मा हुने कतारमा हुने प्रतिस्प्राधाका दिन नै थाहा हुनेछ ।

तेस्रो स्थानमा पुग्ने ले दस लाख, दोश्रो स्थानमा पुग्ने ले पन्द्र लाख र प्रथम स्थानमा पुग्नेले बिस लाख सहित महेन्द्र के यु बि गाडी अनी पन्द्र लाख रुपैया बराबरको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछ ।

सेप्टेम्बर २२ भन्दा अगाडिका एपिसोडहरु मा टप ३ प्रतिस्प्रधीहरु निशान भट्टराइ, प्रताप दास र बुद्द लामाको घर सम्मको यात्रा र घर पुगिसकेपछीको गतिबिधी हरुलाई प्रस्तुत गरिने छ । सेप्टेम्बर २२ आउन अब मात्र दुई हप्ता बाँकी छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video