दशैं खर्च म पठाउँला (भिडियो सहित)

काठमाडौं, भाद्र २६ । दशैंको मेसो पारेर विभिन्न गीत सङ्गीत सार्वजनिक भएकाछन् । कुनै गीतमा दशैंको रमाइलो प्रस्तुत गरिएको छ भने कुनैमा यसको पीडा । यसै मेसोमा वास्तविक र मार्मिक कथा बोकेर एउटा गीतको भिडियो सार्वजनिक भएको छ ।

बिदेशी भूमिको अनुभव समेत बटुलेकी सिम्रन उदासीको शब्द समेटिएको ‘दशैं खर्च म पठाउँला…’ बोलको गीत सार्वजनिक भएको हो । ताराबीर पाण्डेको सङ्गीत समेटिएको गीतमा ताराबीर र सिम्रन उदासीकै युगल स्वर रहेको छ ।

गीतको भिडियोमा कृष्ण सापकोटा, सिम्रन उदासी, ट्रुजिना बाँस्कोटा र हरि ढकालले अभिनय गरेका छन् । जनकराज अधिकारीको छायाँकनमा तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेका छन् भिडियोलाई ।

तारवीरले लगभग सय जति गीतमा सङ्गीत भरेका छन् भने केही गीत लेख्नुका साथै गाएका पनि छन् । मैले धेरै गीतमा सङ्गीत गरे, लेखे र केही गीत गाए पनि तर पश्छिमेली भाकाको यो पहिलो गीत हो’, तारवीरले भने ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video