‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक

कार्तिक २ गते यानिकी लक्ष्मी पूजाको दिन देखी प्रदर्शनमा आउने रेखा थापाको ‘रुद्रप्रिया’ को ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंह निर्देशन गरेका हुन् । फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् । रेखा र आर्यन झण्डै ८ वर्षपछी ‘रुद्रप्रिया’ मार्फत पर्दामा एकसाथ फर्किएका छन ।दुवैको केमेष्ट्री दर्शकले निकै रुचाउने गरेका थिए ।

 हेर्नुहोस् ट्रेलर :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video