बलिवूड अभिनेत्री बीवी राधाको ह्दयघातको कारण निधन

एजेन्सी -दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बीवी राधाको ह्दयघातको कारण निधन भएको छ। भारतिय मिडियाका अनुसार क्यान्सर रोगलाई जितेकी राधाको आइतबार बेंगलुरुमा ७० वर्षको उमेरमा ह्दयघातको कारण निधन भएको बताइएको छ ।स्वास्थ्य अवस्था खराब भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

Image result for बीवी राधा

अभिनेत्री राधाले कन्नड, तामिल, तेलगु र मलयालम का धेरै फिल्म खेलेकी थिइन्।अंग दान गर्ने इच्छा राखेको हुनाले उनको आँखा नारायण नेत्रालयलाई दान दिइने र उनको शरीर एमएस राम्या अस्पताललाई दिइने बताइएको छ । राधाले लगभग २५० वटा फिल्ममा काम गरिसकेकी थिइन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video